सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङलाई

०१-चैत्र-२०७६ | ०६:५४:२५ pm

पोखरा । १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो । जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो।

विजेता टोली मनाङ ले १० लाख पुरस्कार राशी हात पारेको छ भने उपविजेता पुलिस ले ६ लाख पुरस्कार राशि हात पारेको हो ।
निर्धारित खेलमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मनाङका लागि अञ्जन बिष्ट, पुजन उपरकोटी, सुरज विके, रञ्जन बिष्टले गोल गरेका थिए ।

सम्बन्धित समाचार
  • %d bloggers like this: