सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

बाजुरामा कर्णाली पारिको गाउँपालिकामा डोजरको सहायताले पहिलो पटक ट्याक्टर पुर्याइयो

२९-फाल्गुण-२०७६ | ०२:०४:०४ pm

बाजुरा । जिल्लाको कर्णाली पारि रहेकोे स्वामिकार्तिक खापर गाउँपालिकामा डोजरको सहायताले पहिलो पटक ट्याक्टर पुगेको छ । पिलुचौरसम्म मात्र सवारी साधन संचालन भएपनि कर्णाली पारि रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा भने पहिलो पटक डोजरको सहायताले ट्याक्टर पुर्याईएको हो ।

गाउँपालिकाका सडक सञ्जालले जोडिएको भएपनि स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । स्थानीयवासीको सपना भने सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेको अब पूरा हुने भएको छ । डोजरको सहायताले पहिलो पटक ट्याक्टर कर्णाली पारि तराएपछि गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका गाउँपालिका वासीको अहिले सपना पूरा हुन्छकी भनेर अनुभुती गरेका छन् ।

बुधबार कर्णाली नदीमा डोजरको सहायताले ट्याक्टर तराएपछि गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही, जनप्रतिनिधि , राजनितीकर्मी मेघराज शाही, गाउँपालिका कर्मचारीको नेतृत्वमा गाउँमा पहिलो पटक ट्याक्टर ल्याउने चालक सोही गाउँपालिका ३ नम्बर वडाका नेत्रबहादुर शाहीलाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेको गाउँपालिकाका सूचना अधिकारी कुमेर शाहीले जानकारी दिइएको थिए । भे १ त ९४३१ नम्बरको ट्याक्टर कर्णाली नदीमा डोजरको सहायताले तारिएको हो ।

स्वामिकार्तिक खापर गाउँपालिका कर्णाली नदीको पारि रहेको र गाउँपालिकामा नियमित यातायात संचालन गर्न पुल निर्माण भएको छैन् । कर्णाली नदीको पीलुचौरमा हाल पुल निर्माणको तयारी भईरहेको छ । कर्णाली नदी पारिका विभिन्न स्थानमा काम गर्न ट्याक्टर लगिएको बताईएको छ । नजिक न्युज

सम्बन्धित समाचार
  • %d bloggers like this: