बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

छाउपडी प्रथा सम्वन्धि कथा वाचन प्रतियोगिता

२८-फाल्गुण-२०७६ | ०७:४९:२२ am

बाजुरा । जिल्लाको को बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माध्यामिक विद्यालयमा छाउपडी प्रथा सम्वन्धि माद्यामिक विद्यालय स्तरीय कथा वाचन प्रतियोगिता फागुन २३ गते शुक्रवारका दिन सम्पन्न भएको छ ।

भोगाई र देखाईमा आधारित कथाका माध्यमबाट विद्यार्थी र शिक्षकलाई महशुसीकरण गराई छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका साथ प्रतियोगिता संचालन गरिएको हो । पीसविनको अयोजना र एक्सनएड नेपालको साझेदारीमा सञ्चालित प्रतियोगितामा बाजुरा जिल्ला निर्वाचन क्षेत्र नं (क) का ३ वटा स्थानिय तह अन्र्तगतका १२ वटा माद्यामिक विद्यालयका विद्यार्थिको सहभागिता रहेको थियो । प्रतियोगितामा जगन्नाथ गाँउपालिका, हिमाली गाँउपालिका र बुढीनन्दा नगरपालिका अन्र्तगतका माद्यामिक विद्यालयमा अध्ययनरत ३४ जना छात्रा र छात्रहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

गाँउघरमा घटेका छाउपडीका घटनाहरुको चित्रण र देखे सुनेको छाउपढि प्रथालाई कथामा आधारीत बनाई प्रस्तुत गरीएको प्रतिस्प्रधात्मक प्रतियोगितामा हिमाली गाँउपालिका वडा नं ६ मा रहेको भवानि आधारभुत विद्यालयमा अध्ययनरत छात्र सुशिल पाण्डे प्रथम भएकि थिइन भने सोहि विद्यालयकि छात्रा कविता पाण्डे तृतिय भएकि हुन् ।

त्यस्तै कैलाश माद्यामिक विद्यालयमा अध्ययनरत छात्रा निरुता शाही द्धितिय भइन । सुजन ईङ्गलिस मिडियम बोर्डिङ स्कुलका छात्र देवेश रेग्मी र कैलाश मा वि का नम्रता शाहिले सान्त्वना स्थान हासिल गरेको स्थानीय अधिकार कार्यक्रम संयोजक पदम कठायतले बताए । जनप्रकाश माद्यामिक विद्यालयका शिक्षक लोकराज रेग्मी, कार्यक्रम संयोजक पदम कठायत, रेडियो बुढीनन्दाका समाचार प्रमुख जीवन कैला प्रतियोगिताको निर्णायक मण्डलमा रहेका थिए ।

प्रतियोगितामा विद्यार्थिहरुले प्रस्तुत गरेका कथा वाचन बाट प्राप्त भएकोे अङ्गकको आधारमा निर्णायक मण्डलका सदश्यहरुले विजेता छनोट गरेका थिए । जनप्रकाश माद्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक धिरबहादुर दानिको अध्यक्षतामा सञ्चालन गरीएको कार्यक्रममा प्रमुख अतिथि बुढीनन्दा नगरपालिका वडा नं दुईका वडा अध्यक्ष भिमबहादुर कार्की रहेका थिए ।

नेपाल राष्टिय शिक्षक संगठन जिल्ला अध्यक्ष जयलाल कार्की विशिष्ट अतिथि रहेको कार्यक्रममा प्रतियोगिताका विजेता विद्यार्थिहरुलाई प्रमाण पत्र र नगद पुरस्कार वितरण गरीएको थियो । बाल प्रायोजन संयोजक राजेन्द्र नाथ योगिले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, पत्रकार,स्थानीय र पीसविन कर्मचारी लयायत दुई सय बढिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार