सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

नेपालले थाइल्यान्डलाई नौ विकेटले हरायो

२१-फाल्गुण-२०७६ | ११:५५:२३ am

एशिया इस्टर्न रीजन टी२० क्रिकेटमा नेपालले आयोजक थाइल्यान्डलाई नौ विकेटले पराजित गरेको छ । प्रतियोगितामा मलेशिया र हङ्कङसँग हारेको नेपालको यो पहिलो विजय हो ।

करण केसीले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको आयोजक थाईल्यान्ड ६६ रनमा सीमित भएको थियो ।
नेपालले ५।३ ओभरमा एक विकेट गुमाएर विजय लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका लागि नटआउट रहेका कुशल मल्लले १८ बलमा ३६ र पवन सर्राफले १० बलमा २७ रन बनाए। पारस खड्का नौ रनमा आउट भए ।
नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ ।

थाईल्यान्डलाई कम स्कोरमा सीमित पार्न केसीले तीन र अविनाश बोहराले दुई विकेट लिए । सन्दीप लामिछाने र भुवन कार्कीले एक(एक विकेट लिए। थाइल्यान्डका तीन खेलाडी रन आउट भएका थिए ।

नेपालले कुल १२० बल फ्यालेकोमा थाईल्यान्डले ९० बलमा कुनै रन बनाउन सकेको थिएन । चार ओभर बलिङ गरेका लामिछानेले २२ बलमा कुनै रन दिएनन् ।

थाईल्यान्डका लागि हेनो जोर्डनले मात्रै दुई अङ्कको रन बनाउन सके। उनले १३ रन बनाएका थिए । सबै सहभागी राष्ट्रले एकअर्काविरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछन् ।

मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनोट हुनेछ । एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: