सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
खेलकुद

खप्तड गोल्डकपको चौथो संस्करणले नयाँ च्याम्पियन पाउने

२०-फाल्गुण-२०७६ | ११:१४:५४ am

धनगढी । मोफसलकै सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणले मंगलबार नयाँ च्याम्पियन पाउने भएको छ । नयाँ च्याम्पियन बन्ने दाँउमा ललितपुरको रुस्लान थ्री स्टार क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदै छ ।

खेल धनगढी रंगशालामा दिउँसो २ बजेपछि हुनेछ । यसअघिको तीन संस्करणमध्ये पहिलो संस्करणमा मनाङ–मस्र्याङ्दी क्लब, दोस्रो संस्करणमा विभागीय त्रिभुवन आर्मी क्लब र तेस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

मंगलबार हुने फाइनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । चौथो संस्करणसम्म आइपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले मंगलबार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । दुवै टोली मंगलबार खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्यसहित मैदान उत्रनेछन् । थ्री स्टार लगातार दोस्रोपटक फाइनलमा पुग्दै उपाधि नजिक पुगेको हो । अघिल्लो वर्ष थ्री स्टार पुलिससँग पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो । यसपटक थ्री स्टार त्यो गल्ती नदोहोर्याउने योजनासहित घरेलु टोलीविरुद्ध मैदानमा उत्रनेछ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो भएको थ्री स्टार औसत खेल र खेलाडीको बाबजुत घरेलु टिमलाई निराश बनाउने योजनामा छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले फाइनल खेल फाइनल नै हुने र मिहिनेत गरेर खेल्दै स्कोर निकाल्न सकिए च्याम्पियन बन्न सक्ने बताएका छन् ।

एक साताअघि झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मच्छिन्द्रसँग पराजित भएर उपाधि विमुख बनेको थ्री स्टार लिगपछिको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यता, पहिलोपटक घरेलु दर्शकमाझ फाइनल पुगेर नयाँ इतिहास बनाएको आयोजक सुदूरपश्चिम–११ थ्री स्टारलाई पराजित गर्दै अर्को इतिहास रच्ने दाउमा रहनेछ । सुदूरपश्चिमका प्रशिक्षक रोहित भण्डारीले घरेलु दर्शकमाझ आफ्ना अनुभवी र युवा खेलाडीले नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताएका छन् ।

९ फागुनदेखि सुरु भएको चौथो संस्करणको गोल्डकपमा १२ टोलीले प्रतिपर्धा गरेको थियो । गोल्डकपको विजेताले २१ लाख १ रुपैयाँ हात पार्नेछ । उपविजेताले १० लाख १ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाइकल प्रदान गरिनेछ । यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: