शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
समाचार

घुस लिएको अभियोगमा मुद्दा

१६-फाल्गुण-२०७६ | ०१:०६:४४ am

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरको विष्णु धाम मन्दिरमा खड्कलिला निर्माणका लागि प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आर्थिक वर्ष २०६५/६६ मा प्राप्त रु चार लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । सरकारी स्रोतबाट प्राप्त भएको रकम गैरकानूनी रुपमा दुरुपयोग गरेको अभियोगमा अध्यक्ष विष्टविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै सरस्वती माध्यामिक विद्यालय छोटी पर्सिया कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै सांस्कृतिक संस्थान जमलमा कार्यारत नृत्य कलाकार नरेन्द्रकुमार आलेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: