शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

बाँस्कोटाको बचाउमा लागे ओली

‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’

१५-फाल्गुण-२०७६ | ०८:५७:०७ pm

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको बचाउ गरेका छन्।

बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा ओलीले बाँस्कोटाको बचाउ गर्दै भनेका छन्, भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले बास्कोटाले राजीनामा दिएका हुन्। बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेपछि राजीनामा दिएका थिए ।

‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’ बाँस्कोटाले भने हालसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको भनी अस्वीकार गरेका छैनन्।

प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे। कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको भन्दै उनले भने, ‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो।’ उनले भ्रष्टाचार गरेको सत्य हो भने जोसुकैलाई कारबाही हुने बताए ।

सम्बन्धित समाचार
  • %d bloggers like this: