शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ

१५-फाल्गुण-२०७६ | ०७:१९:२१ pm

 

वर्तमान अर्थमन्त्री युवराज खतिवडाको समयावधि गोला प्रथाले २ वर्षमात्र निर्धारण गरेकाले आर्थिक क्रियाकलाप सम्बद्धहरु निकै खुसी भएका थिए । त्यसमा पनि सेयरबाजरसँग जोडिएकाहरुको त कुरै छोडौँ ।

तर, यही फागुन २० मा आफ्नाे समयावधि सकिने अर्थमन्त्रीलाई नै दोर्होयाउने प्रधानमन्त्री ओलीले मनसाय गरेका छन् ।

जसको विरुद्ध यतिखेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाललगायतका नेता अर्थमन्त्री युवराज खतिवडालाई हटाइ वामदेव भित्र्याउनुपर्ने पक्षमा उभिएपछि नेकपामा आन्तरिक संघर्ष जारी छ ।
जसका कारण आर्थिक क्रियाकलापमा प्रत्यक्ष संलग्नहरु यतिखेर के गरौ र कसो गरौँ भनी चिन्तित मात्रै भएका छैनन्, आतंकित नै छन् । जसको झिनो उदाहरण सेयर ब्रोकरहरुमा देखिन देख्न सकिन्छ ।

कर्मचारीको रुपमा राष्ट्र बैंक छिरेका उनी राष्ट्र बंैक हुँदै अर्थमन्त्री भएका उनमा आर्थिकसम्बन्धी सैद्धान्तिक राम्रो ज्ञान भएका व्यक्ति मानिन्छन् । यसमा कसैको पनि दुई मत छैन ।

उनको विषयमा यो दुई वर्षमा मुख्यतः प्रत्यक्ष आर्थिक क्रियाकलापसँग जोडिएका केही ठुला आर्थिक क्रियाकलाप र सेयरबजारमा लगानी गरेकाबहेक अन्यले उनीमाथि प्रश्न उठाएका छैनन् । यसका अलवा राजनीतिक वृत्तबाट पनि उनीमा खोट लगाइएको पनि पाइएन ।

अर्थतन्त्रलाई विकासका विभिन्न पक्षमध्ये महत्वपूर्ण पक्ष मानिन्छ । अर्को शब्दमा भन्दा अर्थतन्त्रलाई भनेको मेरुदण्डकै रुपमा लिइन्छ । अर्थतन्त्रको महत्व अझ बढी हुन्छ ।

त्यसमा पनि देश भर्खरै मात्र संघीयतामा गएको छ । संघीय सरकारबाहेक ७६० सरकार छन् । यी ७६० सरकारमा हुने आर्थिक क्रियाकलापको व्यवस्थापन र सञ्चालनका लागि संघमा विषयवस्तुको ज्ञान, क्षमता र अनुभव भएको व्यक्ति चाहिन्छ । त्यो व्यक्ति भनेको नेकपामा अहिले भएका अन्य भन्दा खतिवडा अब्बल देखिन्छन् ।

हुन त राजनीति हो हामीले गर्न नसक्ने के पो होला भन्ने पनि लाग्न सक्छ । अर्को अर्थमा राजनीतिक जीवनमा यत्रो दुःख गर्ने हामी अहिले अर्थमन्त्री चाँहि विगतमा जागिर खाएको व्यक्ति भन्ने भ्रम पनि पर्न सक्छ ।

एक किसिमले हेर्दा यो सही नै भए पनि यो पदका लागि टेक्निकल र अनुभाव चाहिने भएकाले नेकपाले खतिवडालाई नै निरन्तरता दिँदा नेकपा र देशलाई फाइदा देखिन्छ ।

हुन त यसमा वामदेव पनि योग्ताविहीन व्यक्ति भन्न खोजिएको होइन । अर्को कुरा वामदेव राष्ट्रिय सभामार्फत आएमा उनी आफैँलाई घाटा लाग्छ । ६वर्षका लागि हुने राष्ट्रिय सभामा उनी आए उनी अब आउने प्रतिनिधिसभाको चुनावमा उठन नसक्ने सम्भावनाहरु बढी हुन सक्छन् ।

तसर्थ खतिवडा र खतिवडाको ठाउँमा वामदेव ल्याउने विषयमा आन्तरिक संघर्ष नेकपालाई फाइदा पुग्ने देखिन्छ ।
साथै वामदेव पनि अब ३ वर्षसम्म चुप लाग्दैमा राम्रो हुन्छ ।

निर्वाचनमा हार्नु र सरकारको प्रतिपक्ष हुनु भनेको सकिनु होइन ।बरु उल्टो शक्ति आर्जन गर्नु हो । तसर्थ वामदेवले अब राष्ट्रिय सभामा म होइन युवराज खतिवडा नै भन्दा जय हुन्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: