शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा

१५-फाल्गुण-२०७६ | ०६:४०:५० pm

 

नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारीले जानकारी दिएका छन् ।

घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका १ मा रहेको एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

तर नेपालमा केही दिन अगाडी ७४ करोड कमिशन मागेको स्पष्ट अडियो बाहिरिएका एक मन्त्रीलाई अझै पक्राउ गरिएको छैन । यहि हो पावरको खेल । विडम्वना यो भन्दा हुन सक्दैन ।

सम्बन्धित समाचार
  • %d bloggers like this: