शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

अर्थमन्त्रीको सपथ २१ गते हुने र लिने युवराज खतिवडा नै

१५-फाल्गुण-२०७६ | ०४:५७:३३ pm

 

प्रधानमन्त्रीको उपस्थितीमा भएको बामदेवको नाम राष्ट्रिय सभा सदस्य छानिए पनि एक घण्टा पछि यसमा संन्देह उत्पन्न भएको थियो बुधवार । यो बिषयमा पार्टीमा चर्किएको विवादबीच अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने पक्कापक्की भएको छ।
यही फागुन २० गतेदखि उनी राष्ट्रियसभाको सदस्यका रुपमा रहने छैनन्।

राष्ट्रिय सभामा दोहोरिने निश्‍चित नभए पनि अर्थमन्त्रीमा भने उनै खतिवडा निरन्तर हुने भएका छन्। बिहीबार आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले २१ गते सपथ भएकाले त्यही दिन भेट हुने जानकारी पत्रकारहरुलाई दिए। ु२१ गते शपथ लिँदैछु, त्यही दिन भेटेर कुरा गरौंलाु, पत्रकारहरुलाई खतिवडाले भने।

पत्रकारहरुले राष्ट्रिय सभा र अर्थमन्त्रीबारे प्रश्‍न गरेपछि उनले घुमाउरोरुपमा २१ गते सपथ लिने बताए। अहिले केही नभनौं, २१ गते सपथ तोकिएको छ, त्यही बेला कुरा गरौंला, उनले दोहोर्‍याउँदै भने। नेकपाको सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित हुने कोटामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि पार्टीको विवाद सतहमा आएको छ।

यस्तोमा राष्ट्रिय सभामा फागु २० गते म्याद सकिए पनि आगामी ६ महिनासम्म खतिवडाले नै अर्थमन्त्रालय चलाउन पाउनेछन्। यो भनेको उनले नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउन पाउनेछन्। म्याद सकिएको ६ महिनासम्ममा सरकारले खतिवडालाई अर्को विकल्प खोजेर राष्ट्रियसभामा निरन्तरता दिनुपर्ने हुन्छ। नेकपाले सर्वसम्मतरुपमा वामदेवलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ।
बामदेवलाई राष्ट्रिय सभामा न ल्याउन अन्तराष्ट्रिय दवाव पनि हुन सक्छ किनकी उनी अलि खरो राष्ट्रबादि नेता मानिन्छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: