शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
प्रदेश नं ३

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

१५-फाल्गुण-२०७६ | १२:४९:१९ pm

काठमाडौं, कास्की, ताप्लेजुङ, बर्दिया र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका १४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्याङजा अर्जुन चौपारी ५ आरुचौर घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने ३८ वर्षीय मेघ बहादुर क्षेत्रीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै सोही मोटरसाइकलले ग.१७ प १८८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका ९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिल शर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, मैवाखोला गाउँपालिका ३ साँघु चारभाईस्थित सडकमा को.३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह चालक सोही गाउँपालिका  १ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका ४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका २ रानीपुरस्थित सडकमा से.१ च ९६० नम्बरको जिपले भे.८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका ८ बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका ८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका ४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकी राखेको ना.३ ख ९०२४ नम्बरको ट्रकमा स.८ प ७७१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका ८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका ८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: