शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा विवाद ,प्रधानमन्त्री ओली समेत असन्तुष्ट देखिए

१५-फाल्गुण-२०७६ | ११:२९:५५ am

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपा सचिवालयको निर्णयसँगै पार्टीमा विवाद बढेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समेत यसमा असन्तुष्ट देखिएका छन् ।

संविधान संशोधनमार्फत मनोनीत कोटा थपेर वामदेव र अर्थमन्त्री युवराज खतिवडा दुवैलाई राष्ट्रियसभामा लैजाने उनको पहल बहुमतको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री ओली २० गते खाली हुने खतिवडाको एउटा कोटामा भने जसरी पनि उनैलाई निरन्तरता दिने अडानमा छन् ।

सचिवालयको बुधबारको बैठकले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको नेताहरूले बताएका थिए । स्रोतका अनुसार यो निर्णय सचिवालयले गर्दा प्रधानमन्त्री ओली मौन थिए । बहुमत सचिवालय सदस्यले आफूलाई घेराबन्दीमा पार्न अन्यत्रै भेला÷बैठक बसेर निर्णय गरी ल्याउने र पार्टी बैठकमा सुनाएर निर्णय गराउन खोज्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले असन्तुष्टि पनि पोखेका थिए ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेर लैजान अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका छन् । ओलीले भनेका थिए, म आज अलिकति बोल्छु । बोल्नैपर्ने पनि छ । तपाईंहरूले कहाँ के–के गरिरहनुभएको छ, मलाई सम्पूर्ण जानकारी छ । मेरा विरुद्धका गतिविधिबारे म जानकार छु । तर ती सबै प्रक्रिया सामना गरेर जान्छु । तपाईँरूले निर्णय गरेरै आउनुभएको होला । निर्णय सुनाउनुहोस् । त्यसै गरेर जाऔंला ।’

त्यसपछि बैठकले दुइटा निर्णय गर्‍यो। पहिलो– राष्ट्रियसभामा वामदेवलाई मनोनीत गर्न सिफारिस गर्ने । दोस्रो– शनिबार गौतमकै मागका आधारमा संविधान संशोधन गर्न गठित कार्यदल विघटन गर्ने । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारे जानकारी गराएका थिए ।

यो निर्णय भएको केही घण्टा नबित्दै प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई आफूले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय नमान्ने अवगत गराए । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू खतिवडालाई निरन्तरता दिने पक्षमा अडिग रहेको र त्यसमा सहमति जनाइदिन नेपालसँग आग्रह गरेका थिए ।

पार्टीका नेताहरू नै अर्थमन्त्री खतिवडाविरुद्ध विभिन्न मान्छेसँग मिलेर लागेको सूचना मेरासामु आइपुगेका छन् । यो सरकारविरुद्धकै घेराबन्दी हो । खतिवडाजी सरकारका पिलर हुनुहुन्छ । उहाँलाई म दोहोर्‍याएर जान्छु,’ नेपालसँग प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको उठबस खतिवडालाई हटाउनुपर्छ भन्ने व्यापारीहरूसँग समेत रहेको सूचना आफूले पाएको भन्दै खतिवडाका पक्षमा उभिदिन नेपालसँग आग्रह गरेको स्रोतले बताएको छ । गौतमलाई राष्ट्रियसभामा लान चाहे पनि अहिलेको आवश्यकता खतिवडालाई नै लैजानुपर्ने रहेको प्रधानमन्त्रीले बताएका थिए ।

नेपालसँग ओलीले मंगलबार पनि दुई पटक छलफल गरेका थिए । त्यस क्रममा पनि खतिवडाका पक्षमा सघाउन आग्रह गरेका थिए । बुधबारको बैठकपछि बालुवाटारमा नेपालसँग छलफल गरिरहेका प्रधानमन्त्री ओलीले उक्त छलफलमा झन्डै डेढ घण्टा सचिवालयका अर्का सदस्य ईश्वर पोखरेललाई पनि सहभागी गराएका थिए । स्रोतका अनुसार नेपालले भने कुनै ठोस प्रतिक्रिया जनाएनन् ।

‘प्रधानमन्त्रीले खतिवडाका पक्षमा उहाँ (नेपाल) लाई मनाउन अनेक प्रयास गर्नुभएको देखिन्छ । तर, उहाँले खास प्रतिक्रिया दिइसक्नुभएको छैन, नेपाल निकट एक नेताले भने । ओलीले गत पुस २३ गते वामदेव निवासमा बसेको पार्टी नेताहरूको गठबन्धन तोड्न चाहिरहेका छन् ।

गौतमलाई पार्टीले राष्ट्रियसभामा लैजाने नीतिगत निर्णय सर्वसम्मत गरेको छ । तर अहिल्यै भन्ने छैन, ओली निकट नेताहरूको भनाइ छ, ‘यसको अर्थ अर्को लटमा खाली हुँदा भन्ने हो ।

ओली पक्षले भने प्रधानमन्त्रीले खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोक्ने बेलै राष्ट्रियसभामा दोहोर्‍याउन सिफारिस गरी पठाइसकेको बताएका छन् । पार्टी महासचिव विष्णु पौडेलले भने यस्तो निर्णयबारे आफू जानकार नभएको सुनाए । ‘मलाई त्यस्तो लाग्दैन । त्यस्तो भएको भए सायद पार्टीमा छलफल हुन्थ्यो’, पौडेलले अन्नपूर्णसँग भने ।

सम्बन्धित समाचार
  • %d bloggers like this: