शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

अभिनेत्री रेखा थापा फेरि चलचित्रमा सक्रिय

१५-फाल्गुण-२०७६ | १०:०३:३१ am

काठमाडौं । केही समयअघि राजनीतिमा सक्रिय अभिनेत्री रेखा थापा पछिल्लो समय फेरि चलचित्रमा सक्रिय हुन थालेकी छन् । गत वर्ष छोरीका लागि शिक्षा अभियानमा जुटेर सामाजिक कार्यमा लागेकी उनी चलचित्र निर्माणमा फर्किएकी छन् । अब भने आफू चलचित्र निर्माणमा सक्रिय रहने यी अभिनेत्रीको भनाइ छ ।

अभिनेत्री रेखा थापालाई अहिले चलचित्र निर्माणको तयारी भ्याइनभ्याइ छ । ‘वैशाख १ गतेबाटै नयाँ चलचित्रको छायांकन सुरु गर्दै छु । अहिले गीत रेकर्डिङमा धमाधाम लागिरहेको छु,’ अभिनेत्री रेखाले भनिन् । ‘मुख्य कलाकार चयन गरिसकें । यसपटक मेरो चलचित्रको नायकमा दयाहाङ राई र सौगात मल्ल हुनुुहुन्छ ।

विगतका सिनेमामा आफू नै मुख्य नायिकाका रूपमा प्रस्तुत हुने यी अभिनेत्रीले यसपटक केही फरक प्रकारको चलचित्र निर्माण गर्न लागेको बताएकी छन् । नेपाली चलचित्रको शैली र स्वरूप केही फेरिएको छ । अहिलेका दर्शकको चाहनाअनुसारको नयाँ चलचित्र निर्माण गर्दै छु । आफू नायिका रहने यो चलचित्रमा सोही कारण पनि दयाहाङ र सौगातलाई आफूले नायकका रूपमा लिएको पनि उनले बताइन् ।

रेखाले आफ्नो चलचित्रको नाम खुलासा गरिनन् । अर्को सातासम्म चलचित्रको नाम दर्ता प्रक्रिया सकिने भएकाले त्यसपछि मात्र फिल्मको नाम सार्वजनिक गर्ने पनि उनले बताइन् । त्यसपछि कलाकारको वर्कसपमा व्यस्त हुने रेखाको कथन छ । चलचित्रलाई आगामी तिहारमा ल्याउने रेखाले खुलासा गरिन् ।

बुधबार अभिनेत्री रेखा थापा आफ्नो चलचित्रको गीतको रेकर्डिङमा व्यस्त थिइन् । गायिका स्मिता दाहालको स्वरमा रेखाले यो चलचित्रका लागि नयाँ गीत रेकर्ड गराएकी छन् । गायिका स्मिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी हुन् । यो वर्षको स्मिताको हिट गीत मायालु तिमी कता छौं सुनेपछि आफूले स्मितालाई फिल्मको गीत गाउन दिएका पनि रेखाले स्पष्ट पारेकी छन्प । छिल्लो समय नेपाली गायनमा प्रभावशाली रूपमा आएकाले हाम्रो गीतका लागि संगीतकार वसन्त सापकोटा र मैले स्मितालाई रोजेका हौं , रेखाले भनिन् । बुधबार रेकर्ड भएको गीतमा वसन्त सापकोटाले संगीत गरेका छन् । यो गीतमा स्मितासँगै प्रताप दासको पनि स्वर रहनेछ ।

रेखाले यो नयाँ फिल्मको निर्देशन जिम्मेवारी सविर श्रेष्ठलाई दिएकी छन् । सबिरले यसअघि रेखा थापाको तथास्तु’ र ‘कसले चो¥यो मेरो मन’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: