शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

नेकपाले र सभामुखले पहल नगर्दा उपसभामुखको निर्वाचन अन्योलमा

१५-फाल्गुण-२०७६ | ०९:४१:३६ am

काठमाडौँ । प्रतिनिधिसभा उपसभामुखको निर्वाचन कहिले हुने भन्‍नेमा अन्योल छाएको छ । सत्तारुढ दल नेकपाले उपसभामुख निर्वाचनमा रुचि नदेखाउँदा र सभामुख अग्‍नि सापकोटाले पहल नगर्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ ।

झन्डै दुई तिहाइ बहुमत भएको नेकपाले जुन दललाई भन्यो उसैले उपसभामुख पाउने अवस्था रहेको छ । तर, नेकपाले नै उपसभामुख निर्वाचनमा कुनै चासो नदेखाउँदा प्रक्रिया अगाडि बढ्न नुकेको हो ।

संघीय संसद प्रतिनिधिसभा नियमावलीले सभामुखलाई उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने अधिकार दिएको छ। तर, सभामुख सापकोटाले पनि उपसभामुख निर्वाचनबारे कुनै प्रक्रिया अगाडि बढाएका छैनन् । उनी निकट स्रोतका अनुसार बुधबारसम्म उपसभामुख निर्वाचनबारे कुनै पहल भएको छैन । सभामुखले उपसभामुखको बारेमा सत्तारुढ नेकपाले नै पहल गरोस् भनेर कुरिरहेका हुन्।

उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएकी थिइन् । माघ १२ गते सभामुखमा सापकोटा निर्वाचित भएका थिए । तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि भइसकेकी छन् । तर, संवैधानिक परिषद् सदस्यसमेत रहेको उपसभामुख चयनमा नेकपा र सभामुखको प्राथमिकता परेको छैन।

उपसभामुख चयनको विषयमा कांग्रेसले संसदमा उठाउन थालेको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद मीना पाण्डेले उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि नबढाएकोमा सभामुख सापकोटा र सरकारको ध्यानाकर्षण गराएकी छन् । उनको प्रश्न थियो, प्रतिनिधिसभा नियमावलीको नियम ८ १० अनुसार सभामुखले उपसभामुखको निर्वाचन तालिका ल्याउनुपर्नेमा अहिलेसम्म किन ल्याइएन । महिला उपसभामुख हुने भएकाले नै बेखबर बसेको हो ।

सभामुख वा उपसभामुखमध्ये एकजना महिला र फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। सभामुखमा पुरुष निर्वाचित भइसकेकाले अब उपसभामुखमा महिला निर्वाचित हुनुपर्नेछ। त्यस्तै, सभामुखमा नेकपाबाट सापकोटा निर्वाचित भएकाले उपसभामुख नेकपा बाहेकको दलबाट हुनेछ। सांसद पाण्डेको प्रश्न यसै व्यवस्थालाई लिएर आएको हो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: