शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?

१४-फाल्गुण-२०७६ | ०९:५५:१० pm

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । कोइराला राजनीतिबाट विरक्तिएर हैन कि पारवारिक कलहका कारण मुलक नै छाडेर विदेशिन लागेको बताइएको छ । उनी छोरा बुहारीसँगको कलहका कारण देश नै छाडेर जाने तयारीमा छिन् ।

आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा दिएकी छिन् ।

क्यान्सर रोगको उपचारबाट तङ्ग्रिएकी सुजता केही समययता सार्वजनिक समारोह र कार्यक्रममा कमै देखा पर्ने गरेकी थिइन् ।

सुजता कोइरालाई गिरिजा प्रसाद कोइरालाको उत्तराधिकारी भनिएपनि उनले आफ्नो राजनीतिक करियरलाई बाबुको तुलनामा पुर्याउन सकिनन् । बाबुकै छत्रछाँयामा राजनीतिक करियर शुरु गरेकी सुजताले खासै प्रगती गर्न सकिनन् । उनलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बनाएको थियो ।

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् । त्यसका लागि सुजाताले काठमाडौँस्थित बेलायती दूतावासमा दश वर्षे भिसाका लागि आवेदन दिएकी छिन् ।

बेलायतले सामान्यतय नेपालीलाई दश वर्षे भिसा नदिने भए पनि सुजाताले विभिन्न ‘च्यानल’ मार्फत यसका लागि पहल गरिरहेको समाचारमा उल्लेख छ ।प्रवेशाज्ञा मिल्नासाथ उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा रहेकी छिन् । आजको घटना र विचार साप्ताहिकमा छापिएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: