मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

…कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो

१४-फाल्गुण-२०७६ | ०९:१४:४८ pm

नेपालको नक्साको आकार बनाइ जन्मदिनको केक काटेर खाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली यति बेला निकै विवादित बनेका छन् । उनले जन्मदिन मनाएकोमा कसैको विरोध हैन् । जन्मदिन मनाउन पाउनु उनको स्वतन्त्रताको कुरा हो । यसमा कसैको हस्तक्षेप हुँदैन ।

तर देशको सर्वोच्च स्थानमा पुगेको, यो देशको अभिभावक, देशको कार्यकारी प्रमुखले यस्तो तरिकाले जन्मदिन मनाउँछन् भन्ने सायदै सर्वसाधारण कसैले कल्पना पनि गरेका थिएनन् ।

समाचारमा जनाइएअनुसार प्रधानमन्त्रीको जन्मदिन मनाउन हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा सहभागी भएका थिए । अठराई गाउपालिकामा सार्वजनिक विदा दिएको थियो । जन्मदिन कार्यक्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको व्यापक आलोचना भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा तेह्रथुममा नेपालको नक्सा भएको केक काटिएपछि सामाजिक सञ्जालमा ओलीको राष्ट्रवादी छविमै प्रश्न उठ्ने गरी विरोध भएको छ । पटक–पटक सरकारको काम–कारबाहीले होस् वा सरकारका मन्त्रीकै कारण विवादमा पर्दै आएका ओली पछिल्लो समय आफ्नै जन्मोत्सवको विषयलाई लिएर विवादमा तानिएका छन् ।

नेपालको नक्सा भएको ‘बर्थडे केक’ काटेर आफ्नो ६९औं जन्मोत्सव मनाएका प्रधानमन्त्री ओलीले आचारसंहिताविपरीत काम गरेको भन्दै सामाजिक सञ्जालमा निकैआलोचना भइरहेको छ ।

ट्वीटरमा साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य भन्छन्।, ‘प्रम ज्यु, ‘बर्थडे–केक’ को तस्बिर विद्रुप लाग्यो । प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन । प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन । १९९८ मा रुसमा चै कम्युनिष्ट शासनको अन्त्य मनाउन लेलिनको आकृतिको केक काटिएको थियो ।’

यस्तै, साझा पार्टीका नेता रवीन्द्र मिश्रले पनि ट्वीटरमै भनेका छन, ‘जनतालाई हेप्नी ? प्रधानमन्त्रीज्यूलाई शुभकामना । तर गाउँको गरिवी, आम जनभावना,समाजवादी र साम्यवादी सोच, देशभक्ती– सबैको उपहास भयो । अविकास, कुशासन, काण्डैकाण्डको पीडा त छँदैछ । “गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।”
त्यसैगरी प्रधानमन्त्री ओलीले ट्रयाक्टरमा ओसारिएका विद्यार्थीहरुलाई कापी–कलम वितरण गरेपछि विवेकशील नेपालीका नेता मिलन पाण्डेले फेसबुकमार्फत् लेखेका छन, ‘श्री ६ प्रधानमन्त्री केपी शर्मा ओली ज्यु । नागरिकलाई ट्रयाक्टर, प्रधानमन्त्रीलाई हेलिकप्टर ? प्रधानमन्त्रीको हेलिकप्टरले नागरिकको ट्रयाक्टरलाई हेप्दै छ । गिज्याउँदै छ । अनि, लोकतन्त्र लज्जित छ ।’

यस्तै, ट्वीटरमै नारायण अमृत भन्छन, ‘बर्थडे केक’मा नेपालको नक्सा रहेछ । नक्सा काटेर लिम्पियाधुराको अनुमोदन हो कि अरु कुनै अलंकारको खोजी ? कहिलेकाँही सौन्दर्य, सन्देश र संवेगको वेसुर बाँसुरीमा मात्र हैन अरु उपक्रमहरुमा बज्दोरहेछ ।’

यी त भए केहीमात्रै देखेभेटिएका केही विरोधका स्वरहरु तर यस्ता विरोध सामाजिक सञ्जालमा अनगिन्ति भेट्न सकिन्छ । पछिल्लो समयमा कसैले पनि यस्तो यो किसिमको तामझामको बर्थडे मनाइएको नेपालमा इतिहास छैन् । प्राधानमन्त्रीले आफ्नो नितान्त व्यक्तिगत जन्मदिन मनाउन यति ठूलो तामझाम गर्नु सायद आवश्यक थिएन् । आफ्नो राजीनितीक छवीलाई जोगाइराख्न पनि उनले सामान्य फेमिली बर्थ डे मनाउन सक्थे । सायद उनलाई यसबारे सल्लाह पनि कसैले दिएका थिएनन् की । आफूलाई स्वयं कट्टर कम्युनिष्ट मान्ने प्रधानमन्त्री ओलीज्यूले पनि त्यति त बुझ्नुपर्ने हो नी हैन र ?

उसैपनि ओली सरकारको दुईवर्षे कार्यकाल नै कुनै न कुनै विवादमा रहँदै आएको छ । पटक–पटक आफ्नै अभिव्यक्तिका कारण पनि ओली सरकार विवादको घेरामा तानिँदै आएको छ । नेपालमा पानीजहाज, रेल चलाउने कुरा होस्, बालुवाटारमा सारंगी साँझ होस् वा सडक सडकमा आफ्नै तस्वीर झुन्ड्याइनुले पनि उनी यसअघि विवादमा परिसकेका छन् ।

अझ पछिल्लोसमयमा एमसीसीबारेको विषय र बास्कोटाको अडियो टेप प्रकरणले पनि बहुमतको ओली नेतृत्वको सरकार आलोचनाको निशाना बनेको छ । बहुमत प्राप्त सरकारका जो शीर्ष नेतृत्वमा छन् तीनीहरुमाथि नै बेलाबेलामा प्रशंसा हुनुको साटो आलोचनामात्रै भइरहेको छ । सरकार चलाउने पाँच वर्षे अवसर पाएको अहिलेको सरकारले विकासका कार्यहरु गरेको भनी प्रचार गरेपनि जनताले अनुभूत गर्ने गरी विकासका कार्य हुन नसकेको र सरकार विलासिता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लागेको छ ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा भएको तामझाम र त्यसमा भएको राज्य स्रोतको दुरुपयोगका सम्बन्धमा नेकपाले लामो समयसम्म जनाताका प्रश्नको सामना गर्ने नै छ । सरकार अगामी दिनमा केही सकारात्मक कदमका साथ अघि बढोस्, जनताले सरकारका कामको प्रशंसा गर्ने दिन चाडै आवोस् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: