शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

प्रधानमन्त्री किन यति सारो चिन्तीत

१४-फाल्गुण-२०७६ | ०७:५५:३० pm

 

हजार मतभेद भएपनि एक बामदेव नभएकोभए न त ओली सन् २०१४ फरबरी ४ मा पार्टी अध्यक्षलाई २३ मतले हराएर नेकपा संसदीय दलका नेता बन्ने थिए । त्यतिबेला अकस्मात पार्टी उपाध्यक्ष बामदेव गौतमले संसदीय दलको नेताका आकांक्षी केपी ओलीलाई समर्थन गर्ने भएपछि पार्टीभित्रकै नेताहरुमा गुट उपगुटका छुट्टाछुट्टै छलफलले तीब्रता पाएको थियो। र ओलीले खनाललाई जितेका थिए । न त  २०७१ मा पार्टि अध्यक्षमा माधव नेपाललाई ५२ मतले जित्दा पनि उनलाई उनलाई बामदेवको भरपुर सहयोग तर आज तिनै बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने बिषयमा ओली बडो चिन्तीत छन् ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले बुधबार एउटा निर्णय गर्‍यो( पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गरेको थियो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त निर्णय बालुवाटारमा पत्रकारहरूलाई सुनाए।

वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले राखेका थिए।

प्रचण्डले ‘अब राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने कुरा सकिसक्यो तर वामदेव कमरेड राष्ट्रिय सभामा जानुपर्छ,’ भनेका थिए। उनको प्रस्तावमा अरू सदस्यले सही थापेपछि निर्णय भएको थियो। प्रधानमन्त्री ओली भने उक्त प्रस्तावमा मौन बसेका थिए।

निर्णय सार्वजनिक भएसँगै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन एक हप्ता मात्र बाँकी रहेका बेला धेरैले गौतमलाई खतिवडाको ठाउँमा पठाउन लागिएको बुझे।

सचिवालय निर्णय सार्वजनिक भएको केही घन्टा नबित्दै वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे सचिवालयभित्रै असन्तुष्टि रहेको कुरा बाहिर आयो। सबैभन्दा ठूलो असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओलीको देखियो।

ओलीनिकट नेताहरूले सचिवालयको आजको निर्णय वामदेवलाई राष्ट्रिय सभामा लैजाने सैद्धान्तिक निर्णयमात्र भएको र त्यसको कार्यान्वयन तत्काल नहुने रूप ब्याख्या गरे।

‘सैद्धान्तिक निर्णय भएको हो। उहाँलाई कहिले राष्ट्रिय सभामा लैजाने भन्ने अहिले टुंगो छैन, भनेर ओली निकट कोही बोली रहेको छ ।

सचिवालय बैठक सकिएको केही घन्टापछि प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरे।

फोनमा ओलीले आफ्नो असन्तुष्टि प्रष्टसँग राखे।

‘तपाईंहरूले मलाई धेरै पेल्नुभयो। म वामदेवलाई सिफारिस गर्दिनँ, खतिवडालाई नै निरन्तरता दिन्छु,’ ओलीले नेपालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

सचिवालयको निर्णयबारे थप छलफल गर्न प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएका छन्।

स्रोतका अनुसार अहिले दुई नेताबीच कुराकानी भइरहेको छ।

गत शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थासहित संविधान संशोधन गर्न नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो। अब जब प्रधानमन्त्री नबन्ने भएपछि बामदेव राष्ट्रिय सभामा जादा के हुन्थ्यो ।
यसको अर्थ ओली अर्को कुनै चाल चल्दैछन् भन्ने बुझन कठीन छैन । त्यो चाल पनि टिकाउ त नहोला तर शंकटकाल लाग्न सक्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: