शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा

१४-फाल्गुण-२०७६ | ०६:००:५९ pm

प्रमुख प्रतिपक्षी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनबारे मंगलबार सार्वजनिक श्वेतपत्रमा आफू विरुद्द भ्रम पैदा गरिएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै देउवाले नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा आफू प्रधानमन्त्री रहेको मन्त्री परिषदले कुनै निर्णय नगरेको तर आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएको बताएका छन् । ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ,’ देउवाले विज्ञप्तिमा भनेका छन् ।

नेपाल ट्रष्ट ऐन अनुसार ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ भएकाले यसको बोर्डले गर्ने निर्णयमा आफूलाई गा“स्नु राजनीतिक र कानुनी दृष्टिले गलत भएको देउवाले बताएका छन् । ‘प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हु“दा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ,’ देउवाले भनेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्न आफूलाई ट्रष्टको व्यवस्थापनमा जोडेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

देउवाले ुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: