आइतबार, चैत्र १६, २०७६ | Sunday, March 29, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
आइतबार, चैत्र १६, २०७६ Sunday, March 29, 2020
Welcome news

सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा

१४-फाल्गुण-२०७६ | ०५:४०:४४ pm

नयाँदिल्ली । उत्तर पूर्वी दिल्लीमा तीन दिनदेखि जारी हिंसा नियन्त्रण गर्न नसकेको भन्दै विपक्षी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोनिया गान्धीले बुधबार गृहमन्त्री शाहको राजीनामा मागेकी हुन् । उनले भनिन्, “सम्पूर्ण परिस्थितिलाई हेर्दा दिल्लीको पछिल्लो अवस्थाका लागि केन्द्र सरकार, विशेषगरी गृहमन्त्री जिम्मेवार रहेको कांग्रेस कार्यसमितिको ठहर छ । गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ ।”

सोनिया गान्धीले आपसी सद्भाव कायम राख्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र दिल्ली सरकार पनि पूर्णतः विफल र जिम्मेवार रहेको बताइन् । केन्द्र सरकार र दिल्ली सरकार जिम्मेवारी निर्वाह गर्न विफल भएका कारण दिल्ली त्रासदीको शिकार बनेको उनको भनाइ थियो ।

यसैबीच सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पनि पत्रकार सम्मेलन गरी कांग्रेस दिल्ली हिंसामा राजनीति गरिरहेको आरोप लगाएको छ । कांग्रेसको हात १९८४ मा सिख समुदायका नागरिकको रगतले रंगिएको भाजपाले टिप्पणी गरेको छ ।

पत्रकार सम्मेलनमा पर्यावरण मन्त्री प्रकाश जावडेकरले सोनिया गान्धीप्रति लक्षित गर्दै भने, “कांग्रेस कुन अनुहारले प्रश्न गरिरहेको छ ।” दिल्ली जारी हिंसामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । एजेन्सी

सम्बन्धित समाचार
  • %d bloggers like this: