शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

ओलीले बामदेव गौतमलाई राष्ट्रिय सभामा नल्याउने अर्थमन्त्री नै दोहोरिने

१४-फाल्गुण-२०७६ | ०५:०५:३६ pm

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको जानकारी संचारकर्मीलाई दिएका थिए । तर,अहिले ओली बामदेवलाई सिफारिस नगर्ने पक्षमा रहेको कुरा बाहिर आएको छ । नेकपामा यसले ठूलो विवाद निम्ताउन सक्ने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा युवराज खतिवडालाई नै राष्ट्रियसभामा थप कार्यकालको लागि सिफारिस गर्ने पक्षमा देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुले बामदेव गौतमलाई सिफारिस नगर्ने कुरा प्रधानमन्त्री ओलीले बताएका छन् ।

 

आगामी फागुन २० देखि राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिने छ । उनलाई पुनः सिफारिस गर्ने तयारी प्रधानमन्त्री ओलीको थियो । तर,नेकपाका बहुमत सचिावलय सदस्य बामदेवको पक्षमा रहेका छन् । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रियसभामा ३ वटा सदस्य राष्ट्रपतिले नियुक्ती गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीपरिषद्को निर्णयमा प्रधानमन्त्रीले गर्ने निर्णय अन्तिम हुन्छ । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई सिफारिस गरेमा उनी पुनः राष्ट्रियसभा सदस्य बन्ने छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: