शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

मन्त्रीको सल्लाहकार बलात्कार अभियोगमा पक्राऊ अमेरिका पठाइिदने भनी कुकर्म

१४-फाल्गुण-२०७६ | ०४:३४:०१ pm

 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार १२ कक्षामा पढ्ने नावालक कन्या बलात्कार अभियोगमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो।

बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको आडमा प्रहरीलाई दबाब दिन खोजे पनि उनीमाथि म्याद थप गरेर कारवाही अघि बढाइएको हो। किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। घलेलाई १४ दिनअघि पक्राउ गरिएके हो । उनीविरुद्ध शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ,।

पीडित किशोरीले आफूलाई घलेकै घरको कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्। उनको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकिएको छ ।

प्रहरीका अनुसार ती किशोरी काभ्रेको बनेपाबाट काठमाडौं आउन बस पर्खिरहेका बेला घले गाडी लिएर आएका थिए। काठमाडौंबाट बनेपा पुगेका घलेले बाटोमा बस कुरिरहेकी ती किशोरीलाई लिफ्ट दिएर ल्याएपछि घरमै बन्धक बनाएको बताइएको छ। किशोरीले प्रहरीमा दिएको उजुरीमा घलेले आफूलाई घरैमा बन्धक बनाएर बलात्कार गरेको जनाएकी छन्।

टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ। डिएसपी बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने लोभ देखाएर बलात्कार गरेको खुलेको छ।

चार दिनसम्म बन्धक बनेकी किशोरीले फागुन १ गते एकजना आफन्तलाई घटनाबारे खबर गरेकी थिइन्। आफूले प्रयोग गर्ने मोबाइलबाट खबर गरेकी उनलाई त्यही आधारमा प्रहरीले पत्ता लगाएर घलेको फ्ल्याबाट निकालेको थियो। कानुन के भन्छरु पीडित नाबालिक भएकाले यसमा सजायको पनि कडा व्यवस्था छ। फौजदारी मुद्दामा उमेर नपुगेकी किशोरीसँग मञ्जुरी लिएरै यौन सम्पर्क गरिए पनि त्यो अपराध ठहरिन्छ।

मुलुकी ऐनले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई मन्जुरी लिई वा नलिई करणी गरेमा अभियुक्तले जबरस्ती गरेको ठहर्छ । ऐनको महल १४ अनुसार १० वर्षभन्दा मुनिका बालिका बलात्कार गर्ने अभियुक्तलाई १० देखि १५ वर्षसम्म,१० वा सोभन्दा माथि उमेर भएकी बालिकालाई बलात्कार गर्नेलाई ६ देखि १० वर्षसम्म जेल हुन्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: