शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

आफु चोर भएको झोकमा सवैलाइ चोर देख्ने नयाँ लोकमानहरु सावधानः बाबुराम भट्टराई

१४-फाल्गुण-२०७६ | ०४:०६:१० pm

 

पूर्व र नेपालका सर्वाधिक सफल अर्थ र प्रधानमन्त्री डा. बाबुरामले माततीर्थको जग्गामा आफुले जानेर बुझेर निर्णय गरको बताएकाछन् । उनले प्रतिनीधि सभाको बिशेष समयमा
प्रधानमन्त्री केपी शर्मा ओलीले मातातीर्थ लगायतका स्थानका जग्गा प्रकणबारे प्रश्न गरेर राम्रै गरेको बताएका छन् ।

‘नेपाल ट्रष्टमा गएको जमिन निजी क्षेत्रमा वा भूमाफियाले चलखेल गरेको र लाभ लिएको देखिँदैन’

‘मोहीको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ र कानूनी रुपमा त्रुटी छैन’ केही मान्छेलाई आफन्त र छोराछोरीले बकस पाएको र गरेको छ भन्ने लागेको छ भने हेर्नुहोला तिनै गरिब किसान मात्र छन् । राजनीतिक कानूनी र नैतिक रुपमा कुनै त्रुटी देखिएको छैन ।’

‘भ्रष्टाचारले देश थिलोथिलो परेको छ यो क्यान्सर लागेको छ । क्यान्सरले सबैलाई खाने हो । मलाई लाग्ने क्यान्र राम्रो तपाईलाई लाग्ने क्यान्सर नराम्रो भन्ने हुँदैन । सामूहिक उपचार खोज्नु पर्ने ठाउँमा ‘म चोर भए त पनि चोर होस् भन्ने यस्तो विधि त हुँदैन ।’ डा भट्टराईले भने ।
प्रतिशोध, असहिष्णुता हो कि भन्ने आशंकाहरु देखिएको उनले बताए ।

नेपाल ट्रस्टमा गएको जग्गा कुनै व्यक्ति विशेषलाई बाँडिएको भन्ने आरोप जुन लगाइएको र त्यसमा कुनै सत्यता नभएको डा भट्टराईले बताए ।
‘राजा महेन्द्र कै पालामा फर्मायसी विर्ता भन्ने हुन्थ्यो । मोहीहरुले कमाएर खाने प्रथा रहेछ । २०१६ सालमा विर्ता उन्मुलुन भएपछि पनि विर्ताहरु उन्मुलन भएका रहेनछन् । २०२६ सालमा राजपत्रमा सूचना प्रकाशन गरेर रैकर दर्ता गर्न भने । त्यसमध्ये टुहुरा, गर्न नसक्नेहरुको जग्गा दर्ता नभइ बसेको थियो लामो समय देखि’ उनले भने,‘ २०४६ सालमा राजदरबारका केही मानिसले ठाडो आदेश गरेर ती जमिन फेरि राजा विरेन्द्रको नाममा दर्ता गरे । २०६४ सालमा नेपाल ट्रस्ट ऐन आएपछि स्वत राजाको जग्गा ट्रस्ट को नाममा गएको थियो । तर रैकर भइसकेको जग्गा पनि पुन राजाको नाममा हुँदै ट्रस्टको नाममा गएको हो । गलत ढंगले राजाको नाममा दर्ता भएको थियो । ’
मोहीहरुले ट्रस्टमा उजुरी गरे र त्यसै क्रममा अध्ययन कार्यदल बनेर मोहीको समस्या हल गरेर दर्ता गर्नुपर्छ भन्ने प्रतिवेदन आएको र त्यसलाई आधार बनाएर आफू नेतृत्वको मन्त्रिपरिषद्ले निर्णय गरेको उनको भनाइ छ ।

‘ललिता निवास चर्चामा आएपछि सुने’ उनले भने,‘यो विषयमा राम्रैसँग याद छ जानिबुझिकनै गरेको हो, लुकाउने कुरा छैन’ उनले भने ।
मन्त्रिपरिषदले विधेयक परिषद्मा छलफल गरि निर्णय अनुसार गर्ने भनिएको थियो र पछि मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको डा बाबुराम भट्टराईले भने ।

विधेयक समितिमा को को रेछन् भन्ने पत्ता लगाउन आफूले नसकेको उनले बताए । ‘अहिले आतंकित पार्ने काम भइरहेको छ । व्यूरोक्रेसी मोरल्ली गिरेको छ’ डा भट्टराईले भने,‘ यो प्रश्न उठेपछि मैले दस्तावेजहरु माग्ने काम गरे तर प्रधानमन्त्रीको कार्यालय पूरै थुरथुर कामेर फोन पनि उठाउनु भएन । दस्तावेजहरु माग्दा दिनुभएन र मैले फोन गर्दां पनि उठाउनु भएन उहाँहरु आतंकित भएर बस्नु भएको छ ।
त्यो समितिमा को को हुनुहुन्थो भन्ने थाहा भएन ।’

डा. भट्टराईले राजनीतिक , कानूनी र नैतिक रुपमा आफूले सही निर्णय गरेको भएपनि प्रधानमन्त्रीले प्रश्न उठाएको भन्दै प्रतिशोध, निषेध के गर्न खोजिएको हो भन्दै प्रश्न गरे ।

‘अहिले यती होल्डिङको चर्चा छ । उसलाई अझै नपुगेकाले जनताले नपाए पनि उसलाई दिउँ भन्ने चाहना हो भने छलफल गरौं ’उनले भने ।

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले सबैलाई तर्साउने र झुकाउँछु भनेर लागेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीले लोकमान प्रवृत्ति देखाउन खोजेको भए २०५१ मा भित्तेकाण्ड सझिन चेतावनी दिए ।

२०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको भन्दै उनले भने, ‘त्यतिबेला उहाँको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ ।
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा। भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ुगाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’

सम्बन्धित समाचार
  • %d bloggers like this: