शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

बागलुङ विदेशी पर्यटकको आकर्षण रोजाइ

१४-फाल्गुण-२०७६ | ०२:१२:०० pm

बागलुङ । भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा विकसित भइ प्रचार प्रचार बढेसंगै विदेशी पर्यटकको रोजाइ बन्न थालेको हो ।

बागलुङ नगरपालिकाले विश्व भेगन अर्गनाइजेशनसँग पर्यटक भित्र्याउन संस्थागत पहल थालेको थियो । सो संस्थाको साझेदारीसँगै दुई चरणमा विदेशी पर्यटक यहाँ आइसकेका छन् । आगमी दिनमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने अपेक्षा समेत गरिएको छ । मङ्गलबार बागलुङ घुम्न १० क्यानेडियन र अमेरिकन पर्यटक आएका छन् । गत कात्तिकमा २१ युरोपियन तथा अमेरिकन यहाँ आएका थिए ।

सडक मार्गको बढ्दो पहुँचसंगै पदमार्ग हराउँदै जान थालेपछि विदेशी पर्यटको रोजाइ जिल्लामा पर्न थालेको हो । यहाँ आएका विदेशी पर्यटक पदमार्गमार्फत जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवास भकुण्डे जाने गर्दछन् । घरवासमा चिनियाँ तथा जापानिज पर्यटक हेलिकोप्टरमार्फत सोझै पुग्ने गर्दछन् ।

जिल्ला विदेशी पर्यटक समूहमै भित्रिन थालेपछि यहाँको होटल तथा व्यवसाय फस्टाउने अपेक्षासमेत गरिएको छ । भ्रमण वर्ष सफल गराउन सहयोग पुग्ने अपेक्षा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले दुई वर्ष पहिला पर्यटन व्यवसायीसँगको संयोजनमा सो सस्थालार्ई पर्यटक ल्याउन प्रस्ताव पेश गरेको थियो ।

पर्यटन प्रवद्र्धन गर्न सो संस्थालाई प्रस्ताव गरेको दुई वर्षपछि यहाँ विदेशी पर्यटक भित्रन थालेको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेशनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास ग¥यौँ, उहाँले भन्नुभयो, संस्थाको सल्लाहअनुसार पर्यटक आउने वातावरण सिर्जना गरेपश्चात् भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकहरु आइरहेका हुन् । प्रमुख पौडेलका अनुसार जिल्लामा विदेशी पर्यटकहरुको सङ्ख्या क्रमशः वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

पहिलोपटक यहाँ भित्रिएका युरोपियन र अमेरिकन पर्यटकले गण्डकी प्रदशेकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर, बजार, घरवास भकुण्डे, मूलाबारी भ्युटावर लगायतको अवलोकन गरेका थिए । निकै खुशी भएर फर्केपछि जिल्लामा दोस्रोपटक सोही स्थान घुम्न क्यानेडियन र अमेरिकन पर्यटक आएका टे«किङ व्यवसायी महादेव शर्माले जानकारी दिए । विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जिल्लाको पर्यटक प्रवद्र्धनमा निरन्तर पहल गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रियजगत्मा जिल्लालाई चिनाउन विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुशीको कुरा भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिएका छन।

सम्बन्धित समाचार
  • %d bloggers like this: