शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

कुलमानसहित सञ्चालक समितिको मिलेमतोमा ९ अर्ब घोटाला गरेको लेखा समितिको ठहर

प्राधिकरणका वर्तमान र पूर्व सञ्चालक र कार्यकारी निर्देशक घिसिङविरुद्ध मुद्दा चलाउन लेखाको आग्रह

१४-फाल्गुण-२०७६ | ११:४८:०५ am

काठमाडौं । बर्षौंदेखि पर्याप्त विद्युत शक्ति नभएको भन्दै अन्धकार रहने गरेको नेपाललाई लोडसेडिङ मुक्त बनाएको भन्दै अधिकांस नेपाली जनताबाट स्यावासी र सम्मान पाएका नेपाल बिद्युत प्राधिकरणसहित सञ्चालक समितिका पूर्व पदाधिकारीमाथी ९ अर्ब घोटाला काण्ड बल्झिएको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा ९ अर्ब घोटाला भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले अन्तर्गत गठित उपसमितिले घिसिङसहितको संलग्न आरोपीहरुलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । विद्य‌ुत प्राधिकरणका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी र नेपाल बिद्युत प्राधिकरणविरुद्ध मुद्दा चलाउन समितिले आग्रह गरेको छ ।

उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा अनियमितता भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीले ९ अर्ब घोटला गरेको ठहर गरेको छ । उपसमितिको प्रतिवेदनमा ९ अर्ब घोटालाका अभियुक्तमाथी कारवाहीको निर्देशनका दिन सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन उपसमितिले कुलमानलाई पनि दोषि ठहर गरेको छ । समितिको सदस्यमा तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक रहेका छन् । उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमतिमताको प्रतिवेदन लेखा समितिमा बुझाउने तयारी गरेको छ ।

साउनमा गठित उपसमितिले कुलमानलाई चार पटक बयानमा बोलाएको थियो भने अन्य सदस्यहरुको बयान लिएको थियो । (सवै तथ्य र प्रमाणका आधारमा ९ अर्ब घोटाला भएको निस्कर्षमा हामी पुगेका छौ, (समितिका एक सदस्यले भने (प्रतिवेदन तयार भइसकेको छ, लेखा समितिमा बुझाउने तयारीमा छौ । कुलमानले समितिलाई झुट बोलेर झुक्याउन खोजेको आरोप पनि समितिका सदस्यहरुले लगाएका छन् ।

नेपालमा चरम लोडसेडिङ रहेको बेला २०७२ सालमा उद्योगीहरुको आग्रहमा प्राधिकरणले नियमित शुल्कमा थप ६० प्रतिशत शुल्क तिर्ने गरी २० घण्टाभन्दा बढी बिजुली उपभोग गरेका थिए । उद्योगहरुले नियमति शुल्क तिरे पनि अतिरिक्त शुल्क बापतको रकम प्राधिकरणकै मिलेमतोमा नतिरेको देखिएको संसदीय उपसमितिको अध्ययनबाट देखिएको छ । बयानमा कुलमानले बक्यौता रकम उठाउने प्रतिवद्धता भने जनाएको उपसमितिका एक सदस्यले भने । प्राधिकरणकले चैत २८ गते २०७२ भदौदेखि ७५ चैतसम्मको छुट भएको विद्य‌ुत महसुल बिल बापतको रकम बुझाउन दुई सय ५० भन्दा बढी उद्योगलाई ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो।

सम्बन्धित समाचार
  • %d bloggers like this: