आइतबार, चैत्र १६, २०७६ | Sunday, March 29, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
आइतबार, चैत्र १६, २०७६ Sunday, March 29, 2020
Welcome news

प्रधानमन्त्रीको जन्मदिन मनाउँदा जम्मा कति खर्च ?

१२-फाल्गुण-२०७६ | ०८:०६:१० pm

 

प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन करीव १ कराेड ४२ लाख खर्च भएको दाबी गरिएको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न शीर्षकमा खर्च भएको रकमको लागत जोड्दा जम्माजम्मी १ करोड ४२ लाख रुपैयाँ हिसाब निकालेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुर्ख्यौली गाउँ तेह्रथुमको इवा पुगेर धुमधामसाथ जन्मोत्सव मनाए ।

बालुवाटारमा मनाएको जन्मदिनले चर्चा नपाए पनि आठराईको कार्यक्रमको चर्चाभन्दा बढी आलोचना भएको छ । नेपालको नक्सा अंकित केट काटेको विषयमा पनि सामाजिक सञ्जालमा उस्तै आलोचना भएको छ ।

झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई भोज खुवाइएको विषय पनि सामाजिक सञ्जालमा चर्चामाछ । प्रधानमन्त्रीको जन्मोत्सवमा भएको तामझाममका भएको खर्चको विषयमा पूर्वसचिव उपाध्यायले यस्तो हिसाब निकालेका छन्(

उनका अनुसार के मा कति खर्च रु

१‍- उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ

२- दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ

३- करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ

४- चार वटा हेलिकप्टर खर्च  कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ

५- दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ

६- अन्य सरकारी खर्च १० लाख रुपैयाँ

प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ हुन्छ फोकटमा प्रोगण्डा गर्नेले १ करोड ५० लाख भनेका छन् । यो आलोचनामात्र हो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: