शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

अर्थमन्त्रीमा यस र वाइ बीच अघोषित अन्तरसंघर्ष कसले मार्ला बाजी

१२-फाल्गुण-२०७६ | ०२:३७:१२ pm

 

नेपालमा दिनानु दिन अर्थमन्त्रीको महत्ता अति नै बढी रहेको छ । किनकी कर लगाउने, अन्तशुल्क लगाउने, दरबन्दी स्विकृति गर्ने लगायत हरेक बिन्दुमा अर्थमन्त्रीले राहत घोषणामा समेत आफ्नो राय राख्न पाउने भएकोले यो मन्त्रालय गृहपछि सवैभन्दा महत्वमा रहेको छ ।

अर्थमन्त्री युवराज खतिवडाको सांसद अवधि सकिन अब एक साता मात्र बाँकी छ । राष्टिय सभाको सदस्यबाट २० फागुनमा हट्दै गरेका खतिवडालाई थप ६ महिना मन्त्री बहाल गराउने कि सांसदसँगै मन्त्री पदबाट विदा दिने नेकपाभित्र अहिले जवरजस्त छलफल चलिरहेको छ ।
उनले बस्न चाहाने र उनका व्यवहारगत विपक्षले उनलाईए हटाउन चाहाने दोधार चली रहेको छ । बडो सुक्ष्म तरिकाले लामो समय देखि युवराज वा अरु कोही को खिचातानी चलीरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई थप ६ महिना मन्त्री बनाउने पक्षमा छन् । आगमी बजेट पनि खतिवडाबाटै ल्याउने उनको मनसाय छ । तर प्रधानमन्त्री ओलीको मनसायमा नेकपाका बहुमत सचिवालय सदस्यहरु सहमत छैनन् । खतिवडालाई २० फागुनमै विदा दिएर सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल छन् ।
यसमा प्रधानमन्त्रीले विज्ञताको साथ साथै आफुलेमात्र चढ्न मिल्ने घोडा खोजी रहेकबा छन् भने । अरुले सवैलाई मिलाएर काम गर्न सक्ने पाण्डेलाई चाहि रहेका छन् । भैसिधेरैले चलाउन सक्ने र घोडा आफुले मात्र पैयोग गर्न सक्ने गरी पाल्न चाहान्छ जो कोहीले । अर्थमन्त्री कतै कतै भैसि कै रुपमा रहेको हुन्छ ।
जहाँ सम्म आर्थिक सुधारको प्रकृया छ यसमा खतिवडाले ल्याएका केही कार्यक्रमलाई कसैले पनि खारेज गर्न सक्ने अवस्था छैन । उनकै कारणले अहिले अर्थतन्त्रमा काला बजारी २० को १९ भएको छ । लुट्न पल्केका हरुले खतिवडा को विरोध गर्ने नै भए तर देशको लागि को ठिक भन्ने बारेमा कसैको पक्ष लिने अवस्था छैन ।

खतिवडा सांसद पद सकिएको ६ महिनासम्म मन्त्री बन्ने गरी दौडधुप थालेका छन् । तर नेकपा सचिवालयका ६ नेता उनका पक्षमा छैनन् । विगत २ बर्षमा उनले कम्यूनिष्ट आचारणअनुसारको बजेट ल्याउन नसकेको निस्कर्ष दाहाल नेपालले निकालेका छन् । २० फागुनमा खतिवडालाई विदा दिने र सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने प्रस्ताव दाहाल नेपालले सचिवालय बैठकमा गरिसकेका छन् ।

अर्थमन्त्री खतिवडा अर्थबिद् हुन् । तर राजनीतिक अर्थशास्त्रमा भने उनी फेल भएका छन् । खतिवडालाई २० फागुनमै विदा दिन ब्यवसायीहरुले पनि लविङ थालेका छन् । उनकै कारण शेयर बजारमा नकारात्मक प्रभाव परेको भन्दै चर्को आलोचना पनि हुँदै आएको छ ।
प्रधानमन्त्री ओली खतिवडालाई नै फेरी राष्टिय सभा सदस्यमा मनोनित गर्ने पक्षमा थिए । दाहाल नेपालले खतिवडाको ठाउँमा बामदेव गौतमको नाम प्रस्ताव गरेपछि ओली संकटमा परेका छन् । गौतमलाई छोडेर खतिवडा बोक्न ओलीलाई संकट परेको छ ।

राष्टिय सभामा फेरी मनोनित गर्न नसकेपनि ६ महिना अर्थमन्त्री बनाउने पक्षमा ओली थिए । तर दाहाल नेपालसहित सचिवालयका ६ नेताले खतिवडाको विरोध गरेका छन् । खतिवडालाई २० फागुनमै विदा दिने गरी आगमी सचिवालय बैठकमा प्रस्ताव लिने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीका मन्त्रीपरिषदमा बलिया सारथी गोकुल बास्कोटा बाहिरिसकेका छन् । तर खतिवडालाई अहिले सम्म कसैले आर्थिक रुपमा औला ठड्याउन नसकेको रपछिल्ला दिनमा उनले घमण्डलाई रछ्यानमा मिल्क्याएर काम गरेकोले आम जनता गोकुल संग जस्तो खतिवडासंग मुर्मुरिएको अवस्था छैन । उनको कमजोरी जागिरे मनस्थिती मात्र हो । त्यसैले उनलाई चुनावको खर्च उठाउने वाध्यता छैन ।

सम्बन्धित समाचार
  • %d bloggers like this: