शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
अर्थ वाणिज्य

२४ घण्टामा सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँले बढ्यो

१२-फाल्गुण-२०७६ | ०१:४८:१७ pm

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको छ । यसअघि आइतबार नेपाली बजारमा सुनको मूल्य ७८ हजार ८ सय पुगेको थियो ।

सोमबार एकैदिन तोलामा एक हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो। तेजाबी सुन भने प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी सोमबार चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्लो समय विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका–इरानबीच देखिएको द्वन्द्लगायतले उकालो लागेको सुनको मूल्य अहिले कोरोना भाइरसको प्रकोपले प्रभावित भएको बताइएको छ। चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिनमा विश्व बजारमा सुनको मूल्य उकालो लागेको नेपाल राष्ट्र बैंकका कामु गभर्नर कृष्णबहादुर मानन्धर बताउँछन्।

सम्बन्धित समाचार
  • %d bloggers like this: