शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै

१२-फाल्गुण-२०७६ | ०७:०९:१६ am

काठमाण्डौँ । जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोवार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ ।

ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे« एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् । यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एकसमेतका बैंक शाखा स्थापना भइसकेका छन् ।
नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् ।

बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् ।

अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ । रासस

सम्बन्धित समाचार
  • %d bloggers like this: