शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

बामदेवको स्विकारोक्ती र अन्य हल्लाले शेयर ६९ अंकले बढ्यो

११-फाल्गुण-२०७६ | ०३:३४:१५ pm

 

आजको एक राष्ट्रिय दैनिकमा बामादेव गौतम राष्ट्रियसभामा आउने भन्ने खवर छापिएको छ । यो सामान्य खवरले शेयर किन बढ्यो भन्ने तर्क अति रोचक छ । अहिले खतिवडाले २ नंम्बवरी कामईलाई कतै पनि लगानी गर्न नदिने गरी अर्थतन्त्रलाई कसिलो बनाएका छन् । अव राष्ट्रियसभामा ल्याउन बाँकि एउटा मात्र सिट छ । त्यसमा यदि बामदेव आउने हो भने युवराज खतिवडा अर्थमन्त्रीबाट ढिलो चाडो हट्नु पर्ने हुन्छ । अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने समाचार सार्वजनिक भएपछि आइतबार बजारमा ६९ अंकको उछाल आएको छ र नेप्से १५०० माथि पुगेको छ ।

राष्ट्रियसभाबाट हटेपछि उनी स्वतः मन्त्रीबाट पनि हट्ने छन् भन्ने विश्लेषणले काम गर्दा बजारले ३० महिनाअघिको उचाइ कायम गरेको हो। सामान्यतया सेयर बजारमा बढेको बेला बेच्ने र घटेको बेला किन्ने भन्नु पर्छु भन्ने सिद्धान्त छ। यो सिद्धान्त त्यतिबेला पालना हुँदैन, जब बाहिरी र्‍युमरु ले हर्ड इफेक्टु अर्थात ठूलो समूहको एकैपटक प्रवेश गराउँछ र माग अचाक्ली बढाउँदछ ।
माग बढेपछि स्वभाविक रूपमा सम्पत्तिको मूल्य बढ्छ।

केही सातादेखि छिटपुटबाहेक सेयर बजार निरन्तर बढि नै रहेको छ। वित्तीय क्षेत्रमा तरलता अभावका बावजुद पनि ब्याजको आधार दर घटिरहेको छ। आधार दर घट्दा ऋणको ब्याज पनि कम हुन्छ।

बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकिरहेका बेला सजिलैसँग पैसा प्रयोग हुने सेयर बजारलाई प्राथमिकतामा राख्न थालेका छन्। ऋणको माग नभएर तरलता थोरै बचतमा रहेका बेला त्यो तरलता बैंकहरुले सेयर बजारमा खन्याउन थालेका छन्।

ब्रोकर कम्पनी धाएरै वा आफ्ना पुराना ग्राहकलाई फोन गरेर डाकी(डाकी सस्तोमै सेयर ऋण लैजान मार्केटिङ सुरु भएको छ। चैत ५ गते अवकाश हुन लागेका गभर्नरले जाँदाजाँदै मौद्रिक समीक्षामार्फत सेयर बजारका लागि बम्पर प्याकेज ल्याउँछन् भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन्। पछिल्लो समय नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी नै खडा गरिसकेको छ।

यिनै कारणहरुले बजार बढिरहेको थियो, शनिवार साँझदेखि अर्थमन्त्री खतिवडा फेरिने हल्ला आइतबार सञ्चार माध्यममा समाचारका रुपमा आएपछि सूचकले छलाङ मारेको हो।

कारोबार खुलेको पहिलो २० मिनेटमा ४३ अंक उक्लिएको थियो। त्यसपछि विस्तारै घटेर १९ अंकको वृद्धिमा बसेको थियो। त्यो बीचमा केही लगानीकर्ता ुनाफा बुकु गर्नतिर लाग्दा सूचक ४३ अंकबाट तल आएको थियो।

अर्थमन्त्री हट्ने हल्ला बलियो बन्दै गएको र अब बजार रोकिने अर्को विन्दु १६ सयमाथि हो भन्ने प्राविधिक विश्लेषणहरु ुभाइरलु हुन थाल्यो। त्यसपछि फेरि लगानीकर्ताहरु सेयर बेचेर ुनाफा बुकु गर्नुको साटो लगानी बढाउनतिर लागे। माग अस्वभाविक रूपमा बढेपछि सूचक ७५ अंकसम्म उक्लिए थियो।

सबै उपसूचकहरु हरियो भएका छन्। बजार धेरैपछि ५ प्रतिशतभन्दा बढीले उक्लिँदा कमजोर देखिएको जलविद्युत कम्पनीहरुले पनि कमाउने मौका पाएका छन्।

जीवन बीमा साढे दुई सय, निर्जीवन बीमा डेढ सय अंक र बैंक ८२ अंकले बढेको छ। ब्यापार पनि ८१ अंकले उक्लिएको छ भने लघुवित्त ८० अंकले बढेको छ। एक अंकभन्दा कमले म्युचुअल फण्ड सूचक बढेको छ। पौने दुई बजेसम्म २ अर्ब ६५ करोड रुपैयाँको कारोबार भइसकेको छ।

सम्बन्धित समाचार
  • %d bloggers like this: