शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
अर्थ वाणिज्य

सुनको प्रतितोला मूल्य ७८ हजार रुपैयाँले बढ्यो

०९-फाल्गुण-२०७६ | १२:४९:२६ pm

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ । फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य बढेसँगै कारोबार आधाभन्दा बढीले घटेको बज्राचार्यले उनले बताए ।

गत वर्ष फागुन महिनामा महासंघअन्र्तगतका व्यवसायीले देशभर दैनिक ४० किलो भन्दा धेरै सुन बिक्री गर्ने गरेकोमा अहिले मुस्किलले १५ किलो हाराहारी मात्रै कारोबार भएको माहासंघले जनाएको छ ।

‘बिहेको सिजनमा आवश्यक पर्नेबाहेक रहरले सुनमा लगानी गर्न ग्राहकको आकर्षण देखिदैन्,’ माहासचिव बज्राचार्यले भने ।

कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा दखिन थालेपछि अन्तर्राष्ट्रिय लगानीकर्ता सुन जोहो गर्न लागेको व्यवसायीहरुको भनाइ छ । अचल सम्पतीको तुलनामा संसारभर मूल्य हुने सुनमा गरिने लगानी सुरक्षित हुने भएकाले विश्वमा ठूलो हलचलका बेला सुनमा लगानी बढ्ने गरेको पाइन्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: