सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

नमस्कार गर्ने बानी बसालौं, फाइदैफाइदा छन् !

०७-फाल्गुण-२०७६ | ०८:०९:२४ pm

काठमाडौं । नमस्कार गर्नु हरेक दृष्टिकोणमा निकै राम्रो मानिन्छ । स्वास्थ्यका दृष्टिमा होस् या संस्कारका दृष्टिमा नमस्कार अभिवादनका लागि सबैभन्दा उत्तम उपाय हो । अभिवादन गर्न संसारमा मानिसहरु अनेक तरिका गर्ने गर्छन् । जस्तो अंगालो मारेर, हात मिलाएर, नाक रगडेर, शीर झुकाएर, नमस्कार गरेर इत्यादी तरिकाले अभिवादन गरिन्छ । यीमध्ये सबैभन्दा उत्तम एवं वैज्ञानिक तरिका नमस्कार गर्नुलाई मानिन्छ ।

नमस्कार गर्नुका धेरै फाइदा छन् । नमस्कार गर्दा सरुवा रोगबाट बच्न सकिन्छ । टाढैबाट नमस्कार गरिने हुँदा रोग सार्ने किटाणु वा भाइरस सम्पर्कमा आउन पाउदनैन् । यसकारण हात मिलाउनुको साटो नमस्कार भन्नु निकै राम्रो मानिन्छ । यति मात्रै हैन् दुई हात जोडेर नमस्कार गर्नाले आफ्नो ध्यानलाई केन्द्रित भएर सोच्न मद्धत पुर्याउने र मानसिक स्वास्थ्य ठीक अवस्थामा राख्न मद्धत गर्ने कुरामा डाक्टरले पनि जोड दिएका छन् ।

संसारमा विभिन्न रोगको संक्रमण फैलिरहेका बेला नमस्कार को प्रयोग झनै उत्तम मानिन्छ । खासगरी विभिन्न चाडपर्व, मेला आदिमा साथीभाई भेट दहुँदा पनि टाढैबाट नमस्कार गनर्सुहोस् । यसले विभिन्न किसिमका सरुवा रोगबाट बच्न मद्धत गर्नेछ ।

पशुपति विकास कोषले वनकाली परिसरमा शिवरात्रीको तयारीबारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दा त्यहाँ नमस्कार गर्नुपर्ने अभियान चलाउनुपर्ने विषय ल्याइयो । यो निकै सह्रानीय कार्य हो । शिवरात्रीमा साथीभाई, आफन्त, विभिन्न देशी विदेशी भक्तजन तथा पर्यटकहरु आउने भएकाले त्यहाँ हात मिलाउनुको साटो नमस्कार गर्ने अभियान मात्रै चलाउन सकियो भने संक्रामक रोगहरु फैलिनबाट बच्न सकिन्छ ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक चन्द्रप्रसाद खनालले शिवरात्री मेलामा पनि भेटघाट हुने साथीभाईसंग हात मिलाउनुको साटो नमस्कार गर्नुपर्ने सुझाव दिएका छन् ।

पशुपतिमा अहिले नमस्कार अभियान चलाइएको छ। पशुपति आउने सबैलाई हिन्दु सभ्यताको प्रतिक स्वरुप नमस्कार गराउने उद्देश्यसहित यो अभियान चलाइएको हो।

रोगबाट बच्नु त छँदैछ । नमस्कार गर्नु हाम्रो सभ्यता हो। छातीको अघिल्लो भागमा दुई हात जोडेर नमस्कार गर्दा हामीले एक अर्कामा शक्ति आदानप्रदान गर्छौं। यो इश्वरी अस्तित्व नमन गर्ने प्रक्रिया पनि हो ।

हात मिलाउनुकोृ साटो नमस्कार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि हामीले व्यवहारमा लागू गर्दैनौं । कोषले पनि यो अभियान २०७४ सालबाट नै सुरु गरिसकेको थियो तर कसैले यसलाई लागू गरेनन् । यसपाली छिमेकी मुलुकतिर यही समयमा सरुवा रोग फैलिरहेको हुनाले समयमै यसबारे सोचौं र स्वस्थ अनि सभ्य बन्न सकौं ।

सम्बन्धित समाचार
  • %d bloggers like this: