सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
प्रदेश नं ७

गौरीगंगामा काठेपुल विस्थापित हुदै

०४-फाल्गुण-२०७६ | ०९:४४:४४ am

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ९ मा काठेपुल विस्थापित हुने क्रममा रहेका छन् । मानवीय विकासको लागि सहज सुरक्षित भौतिक पुर्वाधार निर्माण गर्ने कार्यक्रम अन्तर्गत शनिवार ३ वटा कल्भर्ट शिलन्यास गरिएको छ ।

वडाको ३१ लाख रुपैयाँको सहयोगमा बनखेत, भगवानपुर र मसुरिया गाउँमा कल्भर्टको वडा अध्यक्ष हरिप्रसाद तिवारी र वडा सदस्य प्रेम बहादुर ताडी र गोमा भण्डारीले संयुक्त रूपमा शिलन्यास गरेका छन् ।

१२/१३ बर्ष अगाडी निर्माण गरिएका काठेपुल जिर्ण भए संगै स्थानीय जनताबाट योजना छनोट क्रममा पक्की कल्भर्टलाई पहिलो नम्बरमा राखेर बस्ती टोलबाट माग आए अनुसार बजेट विनियोजन गरिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए ।

स्थानीयको माग अनुसार वडाबाट योजना छनोट गरिएको भन्दै वडा सदस्य प्रेम बहादुर ताडीले कल्भर्ट निर्माणको क्रममा सम्पुर्ण वडाबासीले अनुगमन गरी दिगो संरचना बनाउन ध्यान दिनुपर्ने बताए ।

बनखेतमा कल्भर्ट तथा दुई कजबै निर्माणमा एघार लाख , भगवानपुर र मसुरिया गाउँमा कल्भर्ट निर्माण गर्न समान दशर दश लाख विनियोजन गरिएको छ भने स्थानीयको तीन लाख पच्चीस हजार रुपैयाँको जनश्रमदान हुने भएको छ ।

आफुहरुले मागेको योजना अनुसारको काम सुरु भएको भन्दै नयन बहादुर बुढा मगरले जनप्रतिनिधिले स्थानीयबासिन्दाको माग सम्बोधन गरेको भन्दै बन्दै गरेका योजनाको पुर्ण कार्यन्वयनमा सबैले ध्यान दिनुपर्ने बेला अएको बताए ।

उपभोक्ता समिति मार्फत हुने निर्माण कार्यलाई वडा, नगरपालिका र स्थानीयले छड्के अनुगमन गरिने वडा सदस्य गोमा भण्डारीले बताएकी छन् । कल्भर्ट २०७७ बैशाख मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: