बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

सरकारको मूल एजेण्डा नै विकास र समृद्धि : मुख्यमन्त्री राई

०३-फाल्गुण-२०७६ | ०८:४४:०९ am

खोटाङ-प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र समृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा रहेको बताएका छन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मूख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताए। उनले भने ‘हाम्रो अर्को उद्देश्य छैन ।

अबको हाम्रो एक मात्र एजेण्डा विकास र समृद्धिको प्रतिफल जनता माझ पस्किने हो,’ मुख्यामन्त्री राईले भने, ‘एक मात्र विकास र समृद्धिको एजेण्डामा केन्द्रित भएर देशलाई समृद्ध देश बनाउनु छ।’

मुख्यमन्त्री राईले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतीको तयारी गरिरहेको पनि जानकारी दिए ।

मूख्यमन्त्री राईले ‘प्रत्येक नेपालीको घरमा उज्यालो पुर्‍याउनु छ। स्वच्छ पिउने पानीको पहुँचले जोड्नु छ ।

सिँचाइको सुविधाले जोड्नु छ, गुणस्तरिय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई संवृद्धि पस्कनु छ, सुशासन पस्कनु छ।’

मूख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शीताका विषयमा खबरदारी गर्नसमेत आग्रह गरेका छन।

सम्बन्धित समाचार