मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
रोचक खबर

प्रेमपत्र वाचन प्रतियोगिता, कसले जित्यो पुरस्कार ?

०२-फाल्गुण-२०७६ | ०६:३७:३९ pm

अर्घाखाँचीको सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पसले  प्रेमपत्र वाचन प्रतियोगिता आयोजना गरेको हो ।

पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको छ। नेपाल विद्यार्थी सङ्घ पाणिनि बहुमुखी क्याम्पस मूल एकाइ समितिको आयोजनामा भएको प्रेमपत्र वाचन प्रतियोगितामा २१ जनाले भाग लिएका छन्।

एक्काइस जनाले भाग लिएको प्रेमपत्र वाचन प्रतियोगितामा बीएड प्रथम वर्षमा अध्यनरत भीमा खत्री प्रथम, चौथो वर्षमा अध्यनरत सरस्वती भट्टराई, द्वितीय र प्रथम वर्षकै रितीका पौडेल तृतीय भएका छन्।

प्रेमपत्र वाचनमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, क्याम्पस प्रमुख बाबुराम शर्मा, नेविसङ्घका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, नेविसङ्घका नेता कृष्णप्रसाद भुसाल, सुरज रायमाझी, साहित्यकार तथा प्राध्यापक माधवराज चुँदालीलगायतले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवसका बारेमा चर्चा गरेका थिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: