शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

सेनाको हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ‘उपहार’ प्रदान

०२-फाल्गुण-२०७६ | १२:११:४१ pm

काठमाडौं– नेपाली सेनाले हवाई उडानको लागि आफ्नो सर्भिस लाईफ पूरा गरेको एउटा हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई उपहार स्वरुप प्रदान गरेको छ ।

सेनाले अलाउटे–३ नामक हेलिकोप्टर प्राविधिक अध्ययन प्रयोजनका उपयोग गर्न क्याम्पसलाई हस्तान्तरण गरेको हो । उक्त हेलिकोप्टर अब क्याम्पसका विद्यार्थीलाई उडडयन प्रविधि सम्वन्धी प्रशिक्षण दिने क्रममा प्रयोग गरिने कुरा क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालमै पहिलोपटक उडडयन प्रविधि एरोस्पेस इन्जिनियरिङ अध्ययन शुरु भएकोमा त्यसको व्यवहारिक ज्ञानका लागि उक्त हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित विभिन्न उपलव्ध पार्ट–पूर्जाहरु समेत प्रदान गरेको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त स्वीकृतिका आधारमा नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले बुधबार क्याम्पसलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।

सेनाले २३ जेठ २०४७ बाट उक्त हेलिकोप्टर सञ्चालनमा ल्याएको थियो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान गरेको थियो भने ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको थियो । हेलिकोप्टरको अन्तिम उडान २ चैत २०७५ मा भएको थियो ।

सम्बन्धित समाचार