शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

ट्रम्पले झुग्गी झो्पडी बस्ती नदेखोस भनेर अगाडी उठाउन थाल्यो पर्खाल

०१-फाल्गुण-२०७६ | १०:२९:१२ pm

नयाँ दिल्ली (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् । उनीहरुको स्वागतको तयारी भारतमा धुमाधाम भइरहेको छ । जसरी अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत भएको थियो, त्यसरी नै ट्रम्पको स्वागत भारतमा गर्ने तयारी भइरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् ।

ट्रम्पको भारत भ्रमण कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी संगै उनको गृह प्रदेश गुजरातमा पर्ने औद्योगिक नगर अहमदावाद जाने भएका छन् । अहमदाबाद सडकमा थुप्रिएका फोहोरमैला र एक पुरानो बस्तीलाई ढाक्न पर्खाल बनाइदै गरेको तस्विरहरु भारतीय सञ्चारमाध्यमले देखाइरहेका छन् । अहमदाबाद नगर निगमका सुकुम्बासी तथा फोहोर बस्तीअगाडी पर्खाल लगाइदै गरेको तस्विर बाहिरिएपछि यसको तिब्र विरोध भइरहेको छ । यो झोपड वस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरु सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् । र विरोध गरिरहेका छन् ।

स्थानीय पत्रिकामा यो समाचार प्रकाशित भएपछि त्यहाँ विरोध भइरहेको छ । मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अगलो पर्खाल बनाउन लागिएको छ । र यो पर्खाल करिब ५०० मीटरको हुने जनाइएको छ । बीबीसीका संवाददाता तेजस वैद्यले अहमदाबादको इन्दिरा ब्रिजसँगै रहेको सरणियावास क्षेत्रबाट अमेरिकी राष्ट्रपति ट्रम्पको लावालस्कर जाने छ बताए । यसै वस्तीमा करिब २ हजार ५ सय मानिसहरु बस्छन् । स्थानीयहरुले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले यो वस्तीले सरकारलाई समस्या भए पक्का घर बनाइदिनुपर्ने बताउँछन् ।

एक महिलालले भनिन्, ‘यो पर्खाल बन्नु हुँदैन । यदि प्रधानमन्त्री मोदीलाई यो झोपड वस्ती मन पर्दैन, हाम्रो गरिबी देखिन्छ भने पक्का घर बनाएर दिउन् ।’ स्थानीयहरुले सरकारले यहाँ पर्खाल बनाएर बाटोसमेत बन्द गरिदिएको बताएका छन् । चुनावको समयमा नेताहरु आउँछन् तर, जितेपछि भने फर्किँदैनन् । यो वस्तीमा शौचालय, बिद्युत, र पानीको सुविधान पनि छैन । यहाँका केही गल्लीहरु त हिँड्न लायक पनि छैनन् ।गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले ह्युस्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए । अहमदाबादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचार अनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाई क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् ।

KN

 

सम्बन्धित समाचार