शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने

०१-फाल्गुण-२०७६ | ०९:०२:०९ pm

संघीय संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेपछि उनीमाथि छानविन हुने भएको हो।

उनले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगाएतको उजुरी परेको थियो।

उजुरीमाथि सुनुवाइ गर्दै संसदको एक उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । उपसमितिमा सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेका छन्।

सम्बन्धित समाचार