शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
समाचार

धनुषा बम विस्फोटका मुख्य आरोपीमध्येका एक जना पक्राउ

०१-फाल्गुण-२०७६ | ०७:३३:४२ pm

काठमाडौं । प्रहरी निरिक्षकसहित तीन जनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा बम विस्फोट गराउने घटनाका मुख्य आरोपीमध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरीले सुरुंगा नगरपालिका–६ श्रीपुरबाट नेत्रविक्रम चन्द समूहका प्रदेश–२ ब्युरो सदस्य इन्दलप्रसाद साह कानुलाई पक्राउ गरेको हो।

धनुषाको धनुषाधाम नगरपालिका–६ नौ सय बिगहा निवासी ३४ वर्षीय साह केही महिनाअघि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको मृत्यु हुनेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटका योजनाकार समेत रहेको प्रहरीले बताएको छ।

साहविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएकोले उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

सम्बन्धित समाचार