शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
समाचार

पूर्वसचिव अर्जुृन कार्कीका घरेलु कामदार चौधरीलाई आत्महत्यामा कसले उक्सायो

०१-फाल्गुण-२०७६ | ०४:२३:५४ pm

 

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा संलग्न रहेका कामदार विजय चौधरीले आफैले डोरीमा पासो लगाई मरेको सिसिटिभिमा देखिएको प्रहरीले भनेको छ ।
छोरालाई विद्यालय लगेर पशुपतिनाथको दर्शन गरेर घर पुग्दा श्रीमती मुना घाइते र कामदार चौधरी मृत अवस्थामा देखेलगत्तै सोमबार बिहान साढे ११ बजे पूर्वसचिव कार्कीले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

उक्त घटनाको सम्पुर्ण बाहिर देखिएको कुरा त प्रहरीले नै सार्वजनिक गर्ला तर एउटा कामदारलाई मालिक्नीको हत्या किन गर्नु पर्यो । त्यसपछि स्वयं आत्म हत्या किन भयो यो बिषयले अनुत्तरित प्रश्न छोडेको छ ।
कसैलाई मारेको देखिए पछि चौधरी हत्यारा भए तर उसलाई त्यो स्थितीमा कसले किन पुर्यायो भन्ने प्रश्न जटिल छ ।
यसको सत्य तथ्य बाहिर ल्याएर चौधरीको परिवारमाथि पनि न्याय मिलोस भन्ने आम चाहाना छ ।
कार्कीको घरमा जडान गरिएको सीसीटिभी फुटेजमा सोमबार बिहान १० बजेर १० मिनेटमा किचेनका काम गरिरहेकी मुनालाई चौधरीले पछाडिबाट डोरीले घाँटी न्याँकेको देखिएको छ भने त्यसपछि करिब १३ मिनेट चौधरीले के गरे भन्ने देखिँदैन।

साथै फुटेजमा चौधरीले मुनाको टाउकोमा सातपटक हिर्काएको देखिएको छ। हिकाइसकेपछि करिब ४५ मिनेटसम्म चौधरी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको देखिएको सीसीटिभी फुटेजमा पूर्वसचिव कार्की ११ बजेर २० मिनेटमा घरमा पुगेको देखिन्छ । उनी घर पुग्दा श्रीमती मुना किचेनमा ढलेको र कामदार चौधरी झुन्डिएको अवस्थामा देखिए ।
सिसिटभीमा झुण्डिएको नदेखिएकोले त्यसबारे पनि छानविन हुनु पर्ने देखिन्छ ।

सम्बन्धित समाचार