शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

बिकास बजेट खर्च नभएर रुवावास विद्यालयका भवन बनाउन राजदुतावासको आश कहिलेसम्म

०१-फाल्गुण-२०७६ | ०३:५१:१६ pm

 

भारतले नेपाली शिक्षित युवाहरुको आँखा पर्ने ठाउँहरु यस्तै विद्यालय, पुस्तकालयमा लगानी गरेर बाहिर आफ्नो देशको नाम लेख्ने रणनीति लिएको छ ।
नेपालमा हरेक कुराको जहिले पनि अभाव हुन्छ भवन बनाउन दिएको रकम लिने होडबाजी चल्छ । यो ठिक हो होइन भन्ने भन्दा पनि शिक्षामा सरकार १६ अर्ब ६३ करोड बढीको लगानी गरेको छ । यो बढाउनु पर्छ भन्ने आवाज उठी रहेको हुन्छ । तर शिक्ष जस्तो संवेदनशील र गाउँका युवाहरु जम्मा हुने ठाउँमा, शिक्षीत बर्गको आँखा पर्ने ठाउँमा भारतले विज्ञापन गरेको छ ।
यता नेपालको विकास बजेट खर्च नभएर हाइतोवा छ जताततै । यो ठिक हो ?
दे भरका अलि राम्रा विद्यालयका भवन या त चीनले बनाइ दिएको छ या भारतले । अनि नेपालमा विकास र पूँजीगत बजेट खर्च भएन कोलोहल हुन्छ । देशका युवाहरुको जम्मा हुने ठाउँमा क्याम्पसको भवन, एम्बुलेन्स बस आदि सवै तिर अन्यदेशले सहयोग गरेको भनेर लेखिएको हुन्छ ।

याे प्रश‌‌ग

गुल्मीको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन गरिएको छ। क्याम्पसको नयाँ भवनको उद्घाटन एक समारोहबीच गरिएको हो। उक्त क्याम्पस भवन ४ करोड ९९ लाख रुपैयाँ भारतीय सहयोगमा बनेको हो। समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा। प्रफुल्लचन्द्र शर्मा उपस्थित थिए।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरुको उक्त समारोहमा उपस्थिति थियो। निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं आदि शहरहरुमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ। क्याम्पसमा ९० प्रतिशत भन्दा बढी छात्राहरु अध्ययनरत छन्। क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका विद्यार्थीहरु विशेष गरी छात्राहरुका लागि यो विद्यालयको स्थापनाले उनीहरुको उच्च शिक्षा हासिल गर्ने इच्छालाई साकार बनाएको छ। भारत सरकारको ने ४ करोड ९९ लाख अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १२ वटा कक्षा कोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधारहेको छ। गुल्मीे जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो। यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
नेपालका विभिन्न जिल्लामा भारतीय राजदुतावासले भवन बनाइ दिएको हुन्छ । त्यो भवनहरुको माथि तिर भारत सरकारको सहयोगमा बनेको भवन भनेर टक्क लेखिएको हुन्छ ।

भवन बन्याे बिराेध पटक्कै हाेइन । तर शिक्षा भनेकाे केवल मास्टरलाइ दिने तलवमात्र हाेइन । बच्चाकाे सिकाइ र बच्चा बस्ने भवनकाे व्यवस्था पनि हाे । यसबारेमा साेच्ने हाेकि ।

अरु त कुरा छोडौ ५० रोपनी जग्गामा फैलिएको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा एउटा पुस्तकालय भवन राजदुतावासले बनाइ दिएको भनेर लेखिएको छ । यो भनेको हाम्रा दरिद्र मनस्थितीको पराकाष्ठा हो । श्रीमति एउटाको निधारको टिकीमा अर्काको उपहार कहिलेसम्म राखिने हो बुझ्न गाह्रो छ ।

सम्बन्धित समाचार