शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
प्रदेश

अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा प्यूठानका महासचिव रिजाल सम्मानित

०१-फाल्गुण-२०७६ | ०३:२६:५० pm

झापाको विर्तामोडमा बुधवार सम्पन्न भएको अन्तर्राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन होटल ग्रानसिटीमा ज्योतिष तथा वास्तुको कार्यपत्र प्रस्तुत गर्दै सम्पन्न भएको छ ।

विश्व ज्योतिष महासंघ नेपाल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति र नेपाल ज्योतिष परिषद्को झापा जिल्लाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल भारत, श्रीलंका, भुटान र बंगलादेशका ख्यातिप्राप्त ज्योतिष तथा वास्तुविद् हरुको सहभागीता रहेको महासंघले जानकारी गराएको छ।

उक्त सम्मेलनले दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका महासचिव सुरेश चन्द्र रिजाललाई सम्मान गरेको छ। ।

सम्मानित रिजाल महासंघमा लामो समय देखि ज्योतिषीहरुको हकहितका लागि आवाज उठाउदै आइरहेकाले पनि उक्त सम्मान पाएका हुन ।

महासंघले नेपाल तथा भारतबाट आउनु भएका हरुलाई पनि सम्मान गरेको हो । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतम, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेब बिष्ट विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, दक्षिण महासंघका महासचिव आचार्य लक्ष्मण पन्थी, नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव राज पाण्डे दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव सुरेश चन्द्र रिजाल महासंघका प्रवक्ता नवीन चौलागाई लगाएका व्यक्ति हरुको उपस्थिति रहेको थियो ।

पर्यटन वर्ष २०२० लाई प्रबर्द्धन तथा माता पाथिभराको दर्शनार्थी हरुलाई यस सम्मेलनले दर्शन गर्न आउनका लागि पनि विशेष आवाहन गरेको छ ।

कार्यक्रममा प्रदेश नवर एकका कानुन मन्त्री हिक्मत कार्की र विर्तामोड नगर पालिकाका मेयर ध्रवकुमार सिवाकोटीले मन्तव्य राखेका थिए ।

कानुन मन्त्रीले प्रदेश देखि केन्द्र सम्म सहयोग गरि यसको बिकाश गर्ने प्रतिबद्धता जाहेर गरे । धर्ममा हातहालेर राजनीति नगर्न समेत आह्वान गरेका छन् ।

यस सम्मेलनले २०७७ सालमा एक महिना घटाएर ११ महिलाको क्यालेन्डर प्रकाशनमा जोड दिने हरुलाई यस्तो घृणित कामगर्न कसैले नहुने वताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले महिना घटाएर ११ महिनाको क्यालेन्डर बनाउन कुनै पनि शास्त्रीय बिधान नभएकाले सम्पूर्ण ज्योतिषी हरुलाई एकजुट भएर प्रतिकार गर्न समेत आह्वान गर्नु भएको छ

सम्बन्धित समाचार