सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

उम्मेद्धारी घोषणा:सुरेन्द्र शाह नेतृत्व प्यानलको जित सुनिश्चित

०१-फाल्गुण-२०७६ | ०२:४३:४७ pm

लम्की-किसान बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागी संस्थापन पक्षका तर्फबाट उम्मेद्धारी घोषणा गरिएको छ ।

आगामी फागुन १० गते हुन गईरहेको संस्थाको २५ औ चुनावी बार्षिक साधारण साभाका लागी लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरी आज सुरेन्द्र कुमार शाह नेतृत्व प्यानलले आफ्नो उम्मेद्धारी घोषणा गरेको हो ।

अध्यक्षमा सुरेन्द्र कुमार शाह,उपाध्यक्षमा टिकेन्द्र थापा,सचिवमा लोकराज तिमिल्सेना,कोषाध्यक्ष मायाराम धमाला, सह–सचिबमा शुभनाथ देबकोटा,सदस्यमा जयरुप बुढा, पतिराम चौधरी, रमा खड्का, देवानन्द बजगाई, पुर्ण प्रसाद जैसी र शिब बहादुर स्वाँर गरी ११ सदस्यीय टीम घोषणा गरीएको छ।

बर्तमान अध्यक्ष समेत रहनु भएका शाहले पत्रकार सम्मेलनमा बोल्दै यो कार्यकालमा बाँकी रहेका कामलाई पुरा गर्न र संस्थालाई दिगोरुपमा अगाडि बढाउन आफ्नो र आफ्नो टीमको उम्मेदारी रहेको प्रतिक्रिया दिनु भएको थियो ।

अध्यक्ष पदका उम्मेद्धार शाहले संस्थाको बर्तमान अवस्थामा आफु अध्यक्ष पदमा रही रहदा संस्थाको बृद्धि बिकासका निमित्त पुरै टिम अहोरात्र खटिरहेको स्मरण गराउदै बाँकी प्रतिबद्धताहरु यो कार्यकालमा पुरा गर्र्ने संकल्प रहेको बताउनु भएको भयो ।

किसान बहुउद्देश्यी सहकारी संस्थाको २५ औ चुनावी बार्षिक साधारण सभामा सुरेन्द्र कुमार शाहकोे पुरै प्यानल सर्बसम्मत हुने आकलन गरिएको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: