शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   * मेरो छिटै मृगौला प्रत्यारोपण हुँदैछः प्रधानमन्त्री   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

यही महिनाको अन्तिम साता राष्ट्रपति ट्रम्प भारत आउने निश्चित

२९-माघ-२०७६ | ०९:२३:४३ pm

काठमाडौं। विश्वमै शक्तिशाली राष्ट्र मानिएको देश अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प आफनो शासनकालको प्रथम पटक दुई दिवसीय भारत भ्रमणमा आउने निश्चित भएको छ। यही फेव्रुअरी महिनाको २४–२५ तारिखमा राष्ट्रपति ट्रम्प र उनकी पत्नी मोलानिया भारतको सद्भाव भ्रमणमा आउने भएका हुन्।
राष्ट्रपति ट्रम्प भारत आउनेबित्तिकै दिल्ली एयरपोर्टबाट मोटेरा सरदार पटेल स्टेडियम उद्घाटन गर्ने कार्यक्रम छ। त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति ट्रम्प सँगै हुनेछन्। स्टेडियम उद्घाटनको क्रममा ट्रम्पले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

दुई दिवसीय भ्रमणका सिलसिलामा ट्रम्पले राजधानी दिल्लीको साथ साथ मोदीको गृह राज्य गुजरातमा पर्ने अहमदाबादको समेत भ्रमण गर्ने भएका छन्।

ट्रम्प र मोदी सँगसँगै गान्धी आश्रमस्थित महात्मा गान्धीको प्रतिमामा पुष्प अपर्ण गर्नेछन्। त्यसपछि ट्रम्प मोदीको ड्रीम प्रोजेक्ट मानिएको साबरमती रिभरफ्रंट पनि पुग्नेछन्। त्यसका लागि अहमदाबाद म्युनिसिपल कर्पोरेशनले तयारी शुरू गरिसकेको छ।

व्हाइट हाउसले १० फेव्रुअरीमा नै ट्रम्प भारत भ्रमणमा जाने घोषणा गरिसकेको छ। ट्रम्पले वासिंगटनमा पत्रकार सम्मेलन गर्दै भारत भ्रमणको तयारी गरेको जनाएका छन्। ट्रम्पले भने, “भारतीय प्रधानमन्त्री मोदी मेरा मित्र हुन्, उनी शानदार व्यक्ति पनि छन्, भारत जानलाई म आतुर छु।” यही साताको अन्त्यमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको पनि उनले जानकारी दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रम्प र मोदीबीच व्यापार सम्झौतामा हस्ताक्षर हुनसक्नेछ। ट्रम्पले पनि डिल राम्रो भएमा भारतसँग व्यापारीक सम्झौता हुनसक्ने जिकिर गरेका थिए।

एअरपोर्टदेखि स्टेडियमसम्म ५० देखि ७० लाख व्यक्तिले ट्रम्पको स्वागत गर्ने मोदीले जानकारी दिएका छन्। ट्रम्पको यो भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई अझ नजिक बनाउने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ । यसअघि दुई नेताबीच गत सेप्टेम्बर महिनामा टेक्सस राज्यको हुस्टन शहरमा ‘हाउडी मोदी’ नामक र्‍यालीमा भेट भएको थियो ।

सन् २००२ मा गुजरातमा भएको मुसलमानविरोधी दंगाका विषयलाई लिएर अमेरिकाले त्यसबेला गुजरात राज्यका मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका भ्रमणका लागि भिसा दिएको थिएन ।

KN

सम्बन्धित समाचार