शुक्रबार, फाल्गुण १६, २०७६ | Friday, February 28, 2020

काठमाडौँ
यस्ता छन् प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा   * घुस लिएको अभियोगमा मुद्दा   * ‘गोकुलले भ्रष्टाचार गरेकाले राजिनामा दिएका हैनन्’   * ‘संगठनले चन्दा संकलन गरेको भन्ने समाचार नै भ्रामक र षड्यन्त्रमुलक’   * ‘कृषिको आधुनिकीकरणमा वर्तमान सरकारले ध्यान दिएन’   * नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस   * वामदेव स्वयंले राष्ट्रिय सभा सदस्य युवराज नै ठीक भन्दा जय हुन्छ   * अब पेट्रोल र डिजलमा रु ५/५ का दरले थप कर   * फ्रान्समा पठाई आकर्षक तलव दिलाउँछु भन्दै ठगी गर्ने पक्राउ   * ३० हजार कमिशन माग्ने प्रधानाध्यापक पक्राऊ परे ७४ करोड वाला मोजमा   *
शुक्रबार, फाल्गुण १६, २०७६ Friday, February 28, 2020
Welcome news

हेडसरले कुटेर घाइते छात्रालाई तनहुँबाट पोखरा लगियो

२९-माघ-२०७६ | ०८:०८:०३ pm

 

विद्यार्थिलाई कुटेर केही हुँदैन पढ्नेले यसै पढ्छन् नपढ्नेले पढ्दैनन् तर पनि यो क्रम दोहोरिएको छ ।

तनहुँको व्यास नगरपालिका–९ गजौँडेस्थित माहिन्द्री माविका प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट कक्षा ८ मा अध्ययनरत छात्रा निर्जला ढकाल घाइते भएकी छिन्। मंगलबार विद्यालय समयमा प्रधानाध्यापक काफ्लेले कानमा पर्ने गरी निर्जलाको कुट्दा कानमा असर परेको उनका आफन्तले बताएका छन् ।
दिउँसो खाजा खाने बेलामा आफू साथीसँग विद्यालयको कम्पाउन्डभन्दा बाहिर गएको भन्दै प्रअले कक्षामा आएर गालामा हान्दा कानमा असर परेको र त्यसपछि कान दुखेको निर्जलाले बताइन्। उनको बुधबार दमौलीको रत्नहरि अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको हजुरबुवा न्यौपानेले बताए। प्रअको कुटाइपछि निर्जलाको कानबाट रगतसमेत बगेको उनले जानकारी दिए। प्रअ काफ्लेले आफूले सामान्य कुटपिट गरेको भन्दै आफूबाट गल्ती भएको स्वीकारसमेत गरेका छन्। छात्राको कान दुखेको बारेमा आफूलाई जानकारी गराएपछि आफैँले उपचारको लागि लिएर अस्पताल आएको उनले बताए। चितवन घर भई निर्जला यही शैक्षिक सत्रबाट गजौँडेमा मामा घरमा बसेर माहेन्द्रि माविमा अध्ययन गर्दै आएकी छन्।
जे होस प्राधानध्यापकले गल्ती स्विकारेर अस्पताल लगेकोले उनी प्रति समाज घेरै नकारात्मक भएको छैन ।

सम्बन्धित समाचार