बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

प्रेम दिवसको पुर्बसन्ध्यामा प्रेमी द्वारा आत्महत्या

२९-माघ-२०७६ | ०४:२६:०१ pm

 

दश वर्षदेखिको प्रेमसम्बन्धमा समस्या आएपछि तनावमा रहेका एक युवकले सप्तकोशी नदीमा हामफालेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलाका नगरपालिकाको सिमानामा पर्ने सप्तकोशी पुलबाट हाम्फालेर इटहरीका राजेश बानियाँ बेपत्ता भएका हुन्। इटहरी उपमहानगरपालिका(१ घर भएका बानियाँले मंगलबार साँझ सप्तकोशीमा हामफालेपछि खोजी भइरहेको छ। कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्बिरसहित स्टाटस लेखेका छन्।

१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर बिनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्योु, उनले फेसबुकमा भनेका छन्, केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ। गुड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौँ। प्रत्यक्षदर्शीका अनुसार उनी बिहानदेखि नै बुलेट बाइकमा सप्तकोशी क्षेत्रमा ओहोरदोहोर गरिरहेका थिए। आफूले चलाएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक कोशी पुलमाथि राखेर उनले हामफालेको एकजना स्थानीयले बताए।

सम्बन्धित समाचार