बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

फ्रान्सेली नागरिकले व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याए अस्पताल

२८-माघ-२०७६ | १२:३०:४५ pm

बैतडी: फ्रान्सेली नागरिकले व्यक्तिगत लगानीमा बैतडीमा पहिलोपटक सघन उपचार कक्ष (आइसियु) सहितको सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएका छन्‌ ।

डा. बर्नाड जेफले दशरथचन्द नगरपालिका ४ स्थित शाहीलेक बजारमा सोमबारदेखि ‘निको शक्ति अस्पताल’ सञ्चालनमा ल्याएका हुन्।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट र दशरथ चन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा अस्पताल उद्घाटन गरेका छन्‌।

निजी लगानीमा स्थापना भएको उक्त अस्पतालमा आईसियुसहित वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने जनाईएको छ ।

आइसीयूसहित २५ शैय्या सञ्‍चालन अनुमति पाएको अस्पतालले तत्काल १५ शैय्याबाट सेवा सुरू गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले जानकारी दिए।

बैतडीको शाहीलेकमा सञ्चालनमा आएको अस्पतालमा न्यूतम शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ ।

सम्बन्धित समाचार