बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
Welcome news

कांग्रेस केन्द्रीय समिति बैठक जारी

२७-माघ-२०७६ | ०६:४८:२५ pm

काठमाडाैँ-प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु बैठकमा अहिले उपसभापति विजयकुमार गच्छदारले धारणा राखरिहेका छन् ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका उपसभापति गच्छदारले त्यही विषयमा धारणा राखिरहेका हुन् ।

बैठकको सुरुमै गच्छदारले आफ्ना धारणा राखिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । गत बुधबार अख्तियारले गच्छदारसहित ललिता निवासको जग्गा प्रकरणमा १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

जग्गा निजीकरण गर्न सिफारिस गर्ने मन्त्रीलाई मुद्दा दायर गर्ने तर, त्यसवेला प्रधानमन्त्री रहेका माधवकुमार नेपाल, बाबुराम भट्टराई र मुख्यसचिव लिलामणि पौडेल(हाल चीनका लागि नेपाली राजदूत) विरुद्ध मुद्दा दायर नगर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले बिहीबार, शुक्रबार र आइतबार गरी तीन दिन यही विषयमा कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

यस विषयमा अव कसरी अगाडि बढ्ने भन्ने धारणा तय गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक सुरु हुनु अगाडि कांग्रेसका पदाधिकारीहरुको बैठक बसेको थियो ।

सम्बन्धित समाचार