बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

डुडेझारी औद्योगिक क्षेत्र चाँडै घोषणा हुन्छ:उद्योग मन्त्री भट्ट

२६-माघ-२०७६ | ०२:५९:२३ pm

डुडेझारी-उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकारले चाँडै डुडेझारी औद्योगिक क्षेत्रको घोषणा गर्ने बताउनु भएको छ ।

आज डुडेझारीमा मन्त्रालयको टीम सहित अनुगमनमा आउनुभएका मन्त्री भट्टले त्यहा आयोजित अन्तरक्रिया कार्यक्रममा भन्नु भयो“डुडेझारी औद्योगिक क्षेत्रको घोषणा हुन्छ , एक रुख पनि काटिदैन” ।

स्थानिय सरोकारवालाहरुको उपस्थितीमा त्यहा आयोजित कार्यक्रममा उहाँले उद्योग मन्त्रालय नै स्थानियका कुरा सुन्न डुडेझारीमा आएको बताउदै आफुहरु त्यसै नआएको र काम गरेर देखाउने बताउनु भयो ।

उहाँले सरकारले सुखि नेपाली र समृद्ध नेपालको अभियान लिएको बताउदै नेपाली बजारमा अहिलेको बढीरहेको आयातलाई प्रतिस्थापना गर्न पनि उत्पादनमा जोड दिनु पर्नेमा जोड दिनु भयो ।

आफु यसै जिल्लाको भएकाले भौगोलिक वस्तुगत स्थितीको जानकार रहेको भएपनि सिंहदरबारको स्थायी सरकार (कर्मचारी)हरुलाई बुझाउन पनि मन्त्रलायका महत्वपूर्ण पदाधिकारी सहित अवलोकनमा आउनु परेको मन्त्री भट्टको भनाई थियो ।

कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साँसद झपट रावलले आफुले नेता लेखराज भट्टलाई मन्त्री भएकोमा हाल शुभकामना मात्रै दिएको र डुडेझारी औद्योगिक क्षेत्र घोषणा भएको दिनमा मात्रै बधाई दिने बताउनु भयो ।

उहाँले १३ महिना अघि डुडेझारी औद्योगिक क्षेत्र घोषणाको फाइल तयार भएर मन्त्री परिषदमा गएको भएपनि हाल सम्म निर्णय हुन नसकेको तर्फ संकेत गर्दै भन्नुभयो“मैले संसदमा मेरो क्षेत्रको फाइल मन्त्री परिषदमा हरायो भनेर बोल्नु पर्यो ”

मन्त्री लेखराज भट्टले पदभार ग्रहण गरिसकेपछि प्रतिनिधि सभा परिसरमा नै तपाईको फाइल भेटिएको छ भनेर जानकारी दिएको बताउदै साँसद रावलले अब काम हुनेमा आफु आशावादी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडाले डुडेझारी औद्योगिक क्षत्रेको फाइल एक वर्ष अघि मन्त्री परिषदमा भैसकेको र फेरी अध्यान गरेर पठाउन भनिएकोमा सो काम पनि सम्पन्न भैसकेको बताउनु भयो ।

विकास र बाताबरणलाई सँगै लैजानु चुनौतिको कुरा भएको बताउदै उद्योग सचिव खतिवडाले बातावरणलाई जोगाउदै हाल यहाँ खाली रहेको जमिनमा काम सुरु गर्ने गरी काम गर्न सकिने अवस्था रहेको आफुले पाएको बताउनु भयो ।

प्रदेश नं.५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ३ प्रदेशका लागि डुडेझारी औद्योगिक क्षेत्र पायक पर्ने बताउदै उद्योग सचिव खतिवडाले यहाँ कृषिजन्य लगाएत अन्य सबै उद्योगहरु सञ्चालन गर्ने अवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा औद्योगिक क्षेत्रको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपालगञ्ज औद्योगिक क्षेत्रका प्रबन्ध निर्देशक कृष्णबहादुर पुनले हाल सम्म करिब ४ सय ५० उद्योगहरुले डुडेझारी औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्नका लागि प्रारम्भीक आशय पेश गरेको जानकारी दिनु भयो ।

कार्यक्रमको अध्यक्षता लम्की चुहा नगरपालिकाका प्रमुख महादेव वजगाईले गर्नु भएको थियो भने स्वागत वार्ड नं.३ का अध्यक्ष भक्त बहादुर चलाउने र सञ्चालन धनञ्जय न्यौपानेले गर्नु भएक

सम्बन्धित समाचार