बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
अर्थ वाणिज्य

इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै

२६-माघ-२०७६ | ०२:४५:१६ pm

मङ्गलबारे-इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ ।

इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो ।

सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ ।

नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो ।

इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ ।

तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गरेका थिए ।

इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अयन्त्रै लगिएसँगै प्रशोधनको काम रोकिएको थियो ।

आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो ।

दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो ।

एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै सङ्कटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताए ।

उनले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताए ।

इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको छ ।

सम्बन्धित समाचार