बिहिबार, फाल्गुण १५, २०७६ | Thursday, February 27, 2020

काठमाडौँ
किन नेपाल त्यागेर विदेशीदै छन कांग्रेस नेतृ सुजाता कोइराला ?   * …कुल र केकले ओलीलाई निकै चिसो महसुस गरायो   * विश्व नेपाली साहित्य महोत्सव सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन   * प्रधानमन्त्री किन यति सारो चिन्तीत   * लिपुलेकबारे सरकारको ध्यानाकर्षण गराउन अनसन   * टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव-२०७६ को तयारी पूरा (विज्ञप्ती)   * चीनमा कोभिड-१९ धेरै हदसम्म नियन्त्रित   * नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धी मैले कुनै निर्णय गरेको छैन : देउवा   * सोनिया गान्धीले गृहमन्त्री अमित शाहको मागिन् राजीनामा   * एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश   *
बिहिबार, फाल्गुण १५, २०७६ Thursday, February 27, 2020
प्रदेश

वडा-वडामा सार्वजनिक सुनुवाइ

२६-माघ-२०७६ | ०८:५५:२३ am

खाेटाङ्ग-हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको शुरुआत गरेको छ ।

विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न नगरपालिकाले शनिबारबाट वडास्तरमा सार्वजनिक सुनुवाइको थालनि गरेको हो ।

वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम आगामी फागुन ७ गते सम्पन्न हुने जनाइएको छ ।

११ वडा रहेको उक्त नगरपालिकामा आज वडा न २ डिकुवा र १० अर्खौले, २७ गते ३ च्यास्मिटार र ९ सल्ले, २८ गते ४ बडहरे र वडा नं ६ मङ्गलटार, २९ गते वडा नं ५ दुर्छिम र ७ महादेवस्थन अगामी फागुन १ गते वडा नं ८ धितुङ र ११ राजापानी तथा फागुन ७ गते नगरस्तीय सार्वजनिक सुनुवाइ गरिने नगरपालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।

नगरपालिकाले हालसम्म गरेको कामको समीक्षा, सम्पन्न भइसकेका र चालू अवस्थामा रहेका योजनाका बारेमा जानकारी दिने, जनताको रायसुझाव र गुनासो सुन्न तथा समृद्ध नगर बनाउन सबैसँग हातेमालो गर्ने उद्देश्यले सुनुवाइको आयोजना थालेको नगरप्रमुख इवन राईले जानकारी दिए ।

“सार्वजनिक सुनुवाइपश्चात नगरपालिकाले दिँदै आएको सेवाप्रति जनताको चासो र गुनासो समाधान हुने विश्वास लिएका छौँ”, उनले भने, “नगरपालिकाले गरेका राम्रा कामको जानकारी जनस्तरसम्म पुर्‍याउन नसकिरहेको अवस्थामा यस कार्यक्रमले जनप्रतिनिधिको उद्देश्य वा नगरपालिकाको कामप्रति जनतालाई स्पष्ट पार्न सहयोग पुग्नेछ ।”

काम गर्दा कतिपय ठाउँमा कमजोरी भएको हुनसक्ने भएकाले आगामी दिनमा सच्याउने अवसरका रुपमा कार्यक्रमलाई हेरिएको नगरप्रमुख राईले जानकारी दिए ।

सम्बन्धित समाचार